भारतीय सेनाध्यक्ष ४ बजे आउने, यस्तो छ ५ दिने कार्यक्रम
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज अपराह्न नेपाल आउँदै छन् । उनी अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पांडे नेपाल आउन लागेका हुन् ।
पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च सोमबार टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि सोमबारै शिष्टाचार भेट गर्नेछन् ।
सोही दिन पाण्डेलाई नेपाली सेनाले सैनिक मुख्यालयमा रात्रिभोज दिनेछ । मंगलबार उनी सगरमाथा वेसक्याम्प नाम्चे पुग्नेछन् भने सोही दिन उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
साँझ भारतीय दूतावासले आयोजना गरेको रात्रि भोजमा सहभागी हुने पाण्डे चौथो दिन मौसमले साथ दिए मुक्तिनाथ दर्शनका लागि जानेछन् । त्यस्तै पोखरास्थित सेनाको पृतनाको भ्रमण गर्ने र सोही दिन काठमाडौ फर्केर वसन्तपुर हनुमान ढोका अवलोकन गर्ने कार्यक्रम रहेको छ । अन्तिम दिन सेप्टेम्बर ८ मा उनी स्वदेश फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या