आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ढिलासुस्ती र रञ्जन प्रकरणबारे चोलेन्द्रको बयान : न्यायमा विवेक प्रयोग गर्ने ठाउँ हुन्छ, २० वर्षको ८ मा झारेँ

‘महाभियोग सिफारिस समिति बैठकको विधि परिवर्तन’
आइतबार, १९ भदौ २०७९, २२ : ५३
आइतबार, १९ भदौ २०७९

महाभियोग सिफारिस समिति बैठकको विधि परिवर्तन भएको छ । आइतबार बसेको समितिको बैठकले पुरानै तरिकाबाट बैठक सञ्चालन गर्दा ढिलाई हुनेभएपछि विधि परिवर्तन गरिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । यसअघि समितिले राणासँग एक प्रश्न सोधेर प्रतिप्रश्न समेत गर्ने गरिएको थियो । 

‘बैठकको अलिकति विधि शंशोधन गर्यौ । पहिला सरासर प्रश्न सोध्ने र अन्तिममा उहाँको रेकर्डमा उहाँले हस्ताक्षर गरेको कपीपछि मात्रै आधिकारिकतामा प्रतिप्रश्न गर्ने भनेर विधि परिवर्तन गर्यौ’, विश्वकर्माको भनाइ छ ।  प्रश्नोत्तर गर्दा समय लम्बिएको र झन्झटिलो भएकोले विधि परिमार्जन गरिएको विश्वकर्माले बताए । ‘आज हामीले बैठकको विधि परिवर्तन गर्यौं । हामीले यसअघि २ दिनमा ६ वटा मात्रै प्रश्नको उत्तर लिँदा निकै लामो भयो भन्ने लागेर यसको विधि परिमार्जन गर्यौं । त्यसैले आज एक घण्टामै ५ वटा प्रश्न सोध्यौं ।’

आजको बैठकमा राणालाई पहिले सरासर प्रश्न सोधिएकाले ६ वटा प्रश्न एकैदिन सकिएको थियो । कार्यव्यवस्था परामर्श समिति र संसद बैठक भएकोले समितिको बैठक छोटो भएको उनले बताए । अर्को बैठक भदौ २५ गते बस्नेछ । आइतबारको बैठकमा राणालाई न्याय सम्पादनमा देखिएको विचलन ढिलासुस्ती र ज्यान मुद्दा खेपिरहेका पूर्व डीआइजी रञ्जनकृष्ण कोइरालाको मुद्दामा फैसला घटाएकोबारे सोधिएको थियो ।  जवाफमा राणाले ढिलासुस्तीबारे मुद्दाको चाङ भएको र आफुले नतोकेर त्यस्तो नभएको जवाफ दिएका थिए ।

त्यस्तै कोइराला प्रकरणमा न्यायमा विवेक गर्ने ठाउँ दिइएको हुने भन्दै आफुले पारिवारिक अवस्था देखेर विवेक प्रयोग गरेको भन्दै त्यसैलाई आधार मान्ने हो भने गल्ती गरेको स्वीकार गरेका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप