सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

यो शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न सडकमा जान्छु : प्रचण्ड

आइतबार, १९ भदौ २०७९, २२ : ५१
आइतबार, १९ भदौ २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न निर्वाचन लगत्तै सडकमा जाने घोषणा गरेका छन् ।  आइतबार काठमाडौमा भएको मार्क्सवादी ज्ञान केन्द्रको साधारण सभा तथा समाजवादको नेपाली मार्गचित्र विषयक गोष्ठिमा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले अहिलेको शासन प्रणालीले भ्रष्टाचार बढाउने भन्दै यसलाई बदल्नुको विकल्प नभएको बताए । 

‘हेर्नुहोला मैले आफ्नो पार्टीभित्र त भनेकै छु, चुनावपछि म यो प्रणाली बदल्न सडकमा जान्छु’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,  ‘समाजवादको जे परिकल्पना संविधानमा गर्न खोजेको हो मैले कम्युनिस्ट एकता गर्दाको घोषणपत्रमा पनि समाजवादतिर लाने कुरा छन् ।’ 

उनले समाजवादको पना देखेर नै आफुले वामपन्थी कम्युनिस्ट एकता आवस्यक ठानेर गरेको पनि बताए । ‘त्यसलाई प्राप्त गर्न अब एकचोटी फेरि म यो मेसनरी बदल्नका निम्ति, यो निर्वाचन र शासन मेसनरी बदल्नका निम्ति जनतामा जानुको कुनै विकल्प छैन ।’ उनले चुनावअघि सडकमा जान सम्भव नभएको पनि बताए । 

‘अहिले त निर्वाचन आइनैसक्यो प्रदेश र संघको निर्वाचन संघारमा छौ हामी । गणतन्त्र र संघीयता माओवादीसँगै जोडिएको छ । तर विभिन्न कोणबाट परिवर्तनलाइ निस्तेज पार्न भएको प्रहारले मलाई नै सबैभन्दा बढी छटपटी भएको छ’, प्रचण्डले भने,  ‘यो परिवर्तन उल्ट्याउने षडयन्त्र भइरहेको छ ।’

अध्यक्ष प्रचण्डले समाजवादको बनिबनाउ मोडल नहुने पनि बताए । उनले समाजवादको बनिबनाउ मोडल सदाकालका निम्ती केही पनि नहुने भन्दै त्यसलाई समयअनुसार बदलिदो परिस्थितिअनुसार समाज र आन्दोलनका यात्रीहरुले अनुसन्धान गर्नुपर्ने विषय भएको बताए । 

‘समाजवादको बनिबनाउ मोडल सदाकालका निम्ती केही पनि हुने गर्दैन । हुने गरेको छैन । त्यो मोडेल बदलिदो परिस्थिति अनुसार समाज र आन्दोलनका यात्रीहरुले अनुसन्धान गर्नुपर्ने विषय हो’, उनले भने, ‘अनुसन्धान गर्दा समाजवादको मार्गचित्र कस्तो हुन्छ कुन देशमा कतिबेला ? भन्ने कुरा समकालीन परिस्थितिको आंकलन, शक्ति सन्तुलन उत्पादक शक्ति र उत्पादन सम्बन्धको स्थिति विज्ञान प्रविधिको विकासको स्थितिको कुल योगफलबाट प्रस्ट वैचारिक राजनीतिक मार्गचित्र विना समाजवादको नयाँ मार्गचित्र बन्नै सक्दैन ।’

उनले अहिलेको प्रणालीले संसद नै प्रधानमन्त्री हुने र भ्रष्टाचारलाई प्रोत्साहन गर्ने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप