बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

संसदको कार्यकालसम्बन्धी विधेयकमाथि छलफल सुरु

आइतबार, १९ भदौ २०७९, १७ : ५१
आइतबार, १९ भदौ २०७९

प्रतिनिधिसभाको कार्यकालसम्बन्धी ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि सामान्य छलफल सुरु भएको छ । आइतबारको प्रतिनिधिसभा दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ प्रस्ताव ९विधेयक० राखेपछि सामान्य छलफल सुरु भएको हो । आइतबारको पहिलो  बैठकमा मन्त्री शर्माले उक्त विधेयक पेस गरेका थिए ।

प्रतिनिधिसभाको कार्यकालबारे रहेको अन्योल चिर्नसहित उक्त विधेयक ल्याएको उनले दाबी गरेका थिए । अहिले जारी दोस्रो बैठकमा उक्त विधेयकमाथिको सामान्य छलफलमा सांसदहरुले आ(आफ्नो धारणा राखिरहेका छन् । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप