आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाका दुई निर्वाचन क्षेत्रबाट श्रीमान–श्रीमती नै सर्वसम्मतरुपमा सिफारिस

आइतबार, १९ भदौ २०७९, १८ : २७
आइतबार, १९ भदौ २०७९

मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेबाट धनुषाका दुई निर्वाचन क्षेत्रबाट श्रीमान श्रीमती नै सर्वसम्मतरुपमा सिफारिस भएका छन् । 

आइतबार जनकपुरधाममा भएको धनुषाको क्षेत्र नम्बर ३ को बैठकले पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको एकल नाम र क्षेत्र नम्बर ४ को बैठकले स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस गरेको हो । 

एमाले धनुषाका नेता बचनदेव पँजियारले क्षेत्रीय बैठकबाट सिफारिस नाम अब जिल्ला कमिटीमा जने बताए ।  सिफारिस भएका महतो र महासेठ श्रीमान श्रीमती हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप