शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ- एमालेमा विवाद ज्युँका त्युँ, सरकारलाई पूर्णता दिने जिम्मेवारी शीर्ष नेतालाई

सांसदले नै चलाउँछन् लाइसेन्सबिना गाडी
आइतबार, १० असोज २०७८, २१ : १०
आइतबार, १० असोज २०७८

आज २०७८ असोज १० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा एमालेमा १० बुँदे कार्यान्वयन सम्बन्धी विवाद ज्युँका त्युँ, पालिकाहरुमा काँग्रेसले छान्यो नेतृत्व, सरकारलाई पूर्णता दिने जिम्मेवारी गठबन्धनका शीर्ष नेतालाई, सांसदले नै चलाउँछन् लाइसेन्सबिना गाडी, कपनको ढलमा खसेर हराएका बालकको शव ललितपुरमा भेटियो, चीनसँगको सीमा अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन, एनआरएनएमा नेतृत्वका लागि त्रिपक्षीय भिडन्त लगायत छन् ।

१. एमालेमा १० बुँदे कार्यान्वयन सम्बन्धी विवाद ज्युँका त्युँ
नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी विवादलाई ज्युँका त्युँ छाड्दै केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । सो विवादलाई स्थायी कमिटीमा छलफल गरिने भएको छ । सोही अनुसार सोमबार बस्ने गरी स्थायी कमिटी बैठक आह्वान गरिएको छ । पार्टीभित्र तेस्रो धारका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गर्दै आएका छन् । केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमाथि छलफल भएको थियो ।  

यो पनि...

२. पालिकाहरुमा काँग्रेसले छान्यो नेतृत्व
नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत ६४ जिल्लामा पालिकामा अधिवेशन गरेको छ । अपवादका केही पालिकाबाहेक सबैमा शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको छ । शनिबार अधिवेशन सम्पन्न भएका पालिकाहरुमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको नतिजा धमाधम आइरहेको छ । पालिकाहरुमा काँग्रेसको देउवा पक्ष र पौडेल पक्षबीच नै मुख्य रुपमा नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो ।

३. सरकारलाई पूर्णता दिने जिम्मेवारी गठबन्धनका शीर्ष नेतालाई
सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्न र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले परिणाम आउनेगरी समाधान खोज्न शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप