एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा
![एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा](https://rpcdn.ratopati.com/media/albums/kul1_s9DTlNTwc7.jpg)
गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताए ।
‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्राथमिकता हो । अहिले नेतृत्वमा रहेका केही साथीहरूले व्यक्तिगत रूपमा संस्था चलाउन खोज्दा आर्थिक अनियमितता भएका समाचारहरू आएका छन् र संस्थाको छवि बिग्रिएको छ । आफ्नो कार्यकालमा म व्यक्तिगत स्वार्थ हावी हुन दिने छैन र संस्थाको छवि सुधार्नेछु,’ उनले भने ।
आफु विजयी भएमा एनआरएनएको सदस्य संख्या बढाएर ५ लाख पुर्याउने, वैदेशिक रोजगारीका क्रममा नेपालीले भोगेका समस्या समाधान गर्ने, विदेशको जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन संस्थागत पहल गर्ने, सातवटै प्रदेशमा सीपमुलक केन्द्र स्थापना गर्दै स्वरोजगारको वातावरण बनाउने लगायतका घोषणा आचार्यले गरे ।
पर्वतमा जन्मिएका आचार्य लण्डन बसेर व्यवसाय गर्छन् । उनी नवौं महाधिवेशनमा अध्यक्ष पदमा कुमार पन्तसँग पराजित भएका थिए । दशौं महाधिवेशनमा बद्री केसी र रविना थापा पनि अध्यक्षको उम्मेदवार छन् । केसी विद्यमान कार्यसमितिमा अध्यक्ष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षतिग्रस्त बीपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार
-
प्रचण्ड विध्वंस गर्दै हिँड्छन्, अरूलाई पनि त्यस्तै देख्छन् : योगेश भट्टराई
-
संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा एक जना नियन्त्रणमा
-
चीनमा बिहे गर्नेको संख्या घट्यो
-
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित
-
आफैँमाथि चक्कु हान्नेलाई किन बिचरा भन्दैछन् सैफ अली खान ?