चीनसँगको सीमा अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन
नेपाल र चीनको सीमा अध्ययन गर्न गठित समितिले सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको छ । लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिका संयोजक सह–सचिव जयनारायण आचार्यले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने बताए । ‘यो प्रतिवेदनले अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्ने बाटो खुलेको छ’ प्रतिवेदन बुझ्दै मन्त्री खाणले भने– ‘अध्ययनमा यहाँहरूले औंल्याएका विषय कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’
मन्त्रिपरिषद्ले १६ भदौमा सो सीमा अध्ययनका लागि समिति बनाएको थियो । समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, प्रहरीका एसएसपी उमेशराज जोशी, सशस्त्रका एसएसपी प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ सदस्य थिए ।
प्रतिवेदनबारे जानकारी दिँदै अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाँणलाई जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण