काँग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे र मादीमा गुरुङ निर्वाचित
नेपाली काँग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न भएको मतदानमा प्रत्यासी गंगाधर पराजुलीलाई पराजित गर्दै बिजुक्छे सभापतिमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा खसेको १ हजार ३४४ मध्ये सभापतिमा निर्वाचित बिजुक्छेले ४१४ मत पाएका छन् भने उनका प्रत्यासी गंगाधर पराजुलीले ३४६ मत पाएका छन् । सभापति पदका अर्का उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५०, मोहन बाँस्तोलाले १२६ र ज्योती हमालले ११ मत प्राप्त गरेका छन । पोखरा महानगरको सभापतिका लागि ६ जना उम्मेदवारी दिएका थिए ।
सभापतिमा निर्वाचित बिजुक्छे यसअघि उपसभापतिको भूमिका निर्वाह गरेका थिए । हाल उनी पोखरा उद्योग वाणिज्य संघको महासचिव समेत रहेका छन् । उनी २०३६ सालबाट नेविसंघ हुँदै काँग्रेसको राजनीतिमा होमिएका थिए ।
यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरेका छन्। यस्तै सचिवमा टुवराज बाँस्तोला ८५८ मत र गणेशबहादुर थापा ७८४ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा संघर्ष कोइराला ५८० र सञ्जय आलेले ५६५ मत प्राप्त गरि विजयी भएका छन् ।
त्यसैगरी कास्कीको मादी गाउँपालिकाको सभापतिमा यम बहादुरु गुरुङ निर्वाचित भएका छन् । उनले प्रत्यासी देवीजंग गुरुङलाई एक मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । निर्वाचनमा खसेको २०४ मतमध्ये यमले ९३ र देवीजंगले ९२ मत प्राप्त गरेका थिए ।
यस्तै, पार्टीको उपसभापतिमा लीलामोहन कुइँकेल र कृष्णचन्द्र बराल निर्विरोध निर्वाचित भएका छन् । सचिवमा भोजबहादुर गुरुङले १२१ र देवीजंग गुरुङले ११४ मत प्राप्त गरि विजयी भएका छन् ।
यस्तै, पार्टीको सहसचिवमा तेज रानाभाटले ८२ र बोधबहादुर ढकालले ८१ मत प्राप्त गरि विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण