दैलेखमा काँग्रेस अधिवेशन : पाँच पालिकामा देउवा पक्ष हावी
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बलियो पकड क्षेत्र मानिएको दैलेखका पाँच वटा स्थानीयतहमा शेरबहादुर देउवा पक्षले आफ्नो वर्चश्व जमाएको छ। निर्वाचन परिणाम अनुसार ११ स्थानीय तह मध्ये पाँच पालिकामा देउवा पक्ष अगाडि आएको हो ।
पाँच पालिका मध्ये दुल्लू नगरपालिकामा सहमतिकै आधारमा लालबहादुर रावत सभापति भएका छन् । उनी दुल्लू नगरपालिका–७ का वडा अध्यक्ष समेत हुन्। उनलाई सभापतिमा अगाडि ल्याउन दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीको भरपुर सहयोग रहेको देखिन्छ । किनकी भण्डारी संस्थापन पक्षबाट जिल्ला सभापतिका दाबेदार उम्मेदवार हुन्।
यस्तै जिल्ला सदरमुकाम समेत रहेको नारायण नगरपालिकामा पनि देउवा पक्षका मनोज थापा विजयी बनेका छन् । उनले पौडेल समूहका सुवास थापालाई पराजित गरेका हुन्।
नौमुले गाउँपालिकामा गंगबहादुर शाही विजयी भएका छन् भने चामुण्डाविन्द्रासैनी नगरपालिकामा जगतबहादुर शाही पनि देउवा पक्षबाट नै सभापति बनेका छन् ।
डुंगेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी भएका छन् । उनले गंगबहादुर खत्रीलाई पराजित गरेका हुन् । अन्य पालिकाको मत परिणाम आइतबार बेलुकासम्म आउने बताइएको छ।
यस्तो छ मतपरिणाम
—नारायण नगरपालिका दैलेख
मनोज थापा देउवा पक्षः १००
सुवास थापा पौडेल पक्षः ८४
— नौमुले गाउँपालिका
गंगा बहादुर शाही देउवा पक्षः ४७
कर्ण बहादुर शाही- ३७
मोतिलाल बसनेत- ३४
—चामुण्डा बिन्द्रासैनी नगरपालिका
जगत बहादुर शाही देउवा पक्षः ७६
जोगि शाही पौडेल पक्ष- ७०
—डुङ्गेश्वर गाउँपालिका
भीमबहादुर भट्ट देउवा पक्ष- ६२
गंगाबहादुर खत्रि पौडेलपक्ष-३८
—दुल्लू नगरपालिका
लालबहादुर रावत देउवा पक्ष (सर्व सहमति)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण