ओलीले माधव नेपाललाई गरे मच्छडसँग तुलना
आइतबार, १० असोज २०७८, १६ : ३०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भनेर माधव नेपालले दिएको अभिव्यक्तिलाई मच्छडले सपनामा सिंगै हात्ती खाएको सपना सरह भएको बताएका छन् ।
आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपाललाई मच्छडसँग तुलना गरेका हुन् । ‘मच्छडले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो’, अध्यक्ष ओलीको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका माधवकुमार नेपालले शनिबार आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले किन मगायो अर्बौं घोटालाका ४ फाइल ?
-
बागमती प्रदेश सभा : सत्तापक्षका सांसद भन्छन्– ‘बजेट निर्माणमा मन्त्रीहरूको स्वेच्छाचारिता भयो’
-
‘वित्तीय ग्राहक सन्तुष्टि सर्भेक्षण’ गर्दै राष्ट्र बैंक
-
आलुको परिकारमा साङ्ला भेटिएपछि...
-
घरेलु समर्थकको साथमा अमेरिका, बोस्नियाविरुद्ध अन्तिम १६ को लक्ष्य
-
गोल्डेन बुटको दौडमा एमबाप्पे र हालान्ड, युरोपका दुई महारथीलाई अफ्रिकी टिमको चुनौती (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण