शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा काँग्रेस अधिवेशन : ८ स्थानीय तहमा चुनावबाट नेतृत्व चयन, २ मा सर्वसम्मत (नामावलीसहित)

आइतबार, १० असोज २०७८, १० : ४३
आइतबार, १० असोज २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरका १० स्थानीय तहहरुमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ । काँग्रेस मकवानपुरले जिल्लाका २ नगर र ८ गाउँपालिकामा शनिबार अधिवेशन सम्पन्न गरेको हो । जसमा २ वटा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । यस्तै २ नगर र ६ गाउँपालिकामा भने निर्वाचनबाट नेतृत्व चयन गरियो ।

काँग्रेस बकैया गाउँपालिका सभापतिमा दिलबहादुर भोम्जन सभापतिमा सर्वसम्मत चयन भएका छन् । यस अघि ४ जनाले गाउँपालिका सभापतिमा दावी गरेको भएपनि आन्तरिक छलफलबाट सर्वसम्मत रुपमा भोम्जनलाई आगामी नेतृत्व प्रदान गरेको हो ।

बकैयाको उपसभापतिमा सोम बहादुर तिमल्सिना र लोकेन्द्र माझी, सचिवमा बलराम दुलाल र सुनिल दर्लामी मगर, सह सचिवमा युवराज थापा र कमल बहादुर घले सर्वसम्मत चयन भएका छन् ।  बकैयामा भोम्जनको नेतृत्वमा ६७ सदस्यीय गाउँ समिति चयन गरिएको छ ।

इन्द्रसरोवरमा लामा सर्वसम्मत चयन

नेपाली काँग्रेस इन्द्रसरोवर गाउँपालिकाको सभापतिमा विश्वलाल लामा सर्वसम्मत चयन भएका छन् । शनिबार भएको गाउँ अधिवेशनले आन्तरिक सहमतीमा लामालाई सभापतिको जिम्मेवारी दिएको हो ।

यसैगरी इन्द्रसरोवर गाउँपालिकाको उपसभापतिमा किशोर बास्ताकोटी र कृष्ण बहादुर भोम्जन सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले सचिवमा अर्जुन बानियाँ र कृष्ण महर्जन तथा सह–सचिवमा बसन्ती स्याङ्तान र सूर्य पाख्रिनलाई चयन गरेको छ । कार्यसमितिमा १५ जना सदस्य सर्वसम्मत भएको र थप ७ जना मनोनित गरी कूल ३३ जनाको कार्यसमिति रहने जनाइएको छ ।

हेटौंडामा इटेनीको प्यानल नै विजयी

काँग्रेस हेटौंडा उपमहानगरपालिकाको सभापतिमा उत्सव इटेनी निर्वाचित भएका छन् ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको नगरअधिवेशनलाई महत्वका साथ हेरिएको थियो ।

अधिवेशनमा सभापति इटेनीसहित उनको प्यानल नै विजयी भएको हो । नगर सभापतिका उम्मेदवार इटेनी १ सय ५२ मत अन्तरले विजयी भएका हुन् ।

नगर सभापति इटेनीले २ सय ८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १ सय ३२ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा इटेनी प्यानलबाट उम्मेदवार रहेका रामकृष्ण कोइरालाले ३ सय मत, महिला उपसभापति डोल्मा स्याङ्बोले २ सय ५७ प्राप्त गरी विजयी भएका छन् ।

सचिव पदका उम्मेदवार द्वय सविन न्यौपानेले २ सय ९७ मत र हर्करत्न लामाले २ सय २२ मत प्राप्त गरि विजयी भएका छन् भने सहसचिव पदमा निगम श्रेष्ठले २ सय ५८ मत र विकास बानियाँले २ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाका कुल ४ सय २३ जना मतदातामध्ये ४ सय २१ जनाले मतदान गरेका थिए ।

थाहा नगरमा जोशी निर्वाचित

नेपाली काँग्रेस थाहा नगरपालिकाको सभापतिमा प्रमोदकृष्ण जोशी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दी भरत गोपालीलाई २८ मत अन्तरले पराजित गरेका हुन् ।

सभापति जोशीले १०९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी गोपालीले ८१ मत प्राप्त गरेका थिए ।

यस्तै, उपसभातिमा नवराज कार्की र उद्धव लामिछाने निर्वाचित भएका छन् । कार्कीले १ सय १४ र लामिछानेले १ सय २ मत प्राप्त गरेका थिए ।

सचिवमा भीमसेन मोक्तान र कर्णबहादुर गोपाली निर्वाचित भएका छन् । मोक्तानले १ सय १२ र गोपालीले १०४ मत प्राप्त गरेका थिए । यस्तै, सहसचिव मा सत्यदेवी स्याङतान र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । स्याङ्तानले १६५ र श्रेष्ठले ९५ मत प्राप्त गरेका थिए । अधिवेशनले ३२ जना सदस्यसमेत सर्वसम्मत चयन भएका छन् ।

मकवानपुरगढीमा मोक्तान निर्वाचित

यसैगरी काँग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दी अर्जुन दाहाललाई २७ मत अन्तरले पराजित गरेका हुन् ।

सभापति मोक्तानले ८७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी दाहालले ५० मत प्राप्त गरेको निर्वाचन अधिकृत टिका प्रसाद दाहालले जानकारी दिए ।

त्यस्तै उपसभापतिहरुमा थलनाथ घिमिरे र शुसिला फुँयाल सर्वसम्मत निर्वाचित भएका छन् ।

सचिवमा आइतसिंह लो र प्रतिमान रुम्बा तथा सह सचिवमा राजेन्द्र लम्साल र रामप्रसाद चौरेल सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले ३२ जना सदस्यसमेत सर्वसम्मत चयन गरेको छ ।

मनहरीमा बर्तौला निर्वाचित

उता काँग्रेस मनहरी गाउँपालिकाको सभापतिमा प्रकाश बर्तौला निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी शंखर न्यौपानेलाई २१ मतले मत अन्तरले पराजित गर्दै बर्तौला सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति बर्तौलाले कूल खसेको १६१ मत मध्ये ८२ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी न्यौपानेले भने ६१ मत प्राप्त गरे । १६ मत भने बदर भएको थियो ।

त्यस्तै उपसभापतिमा सूर्य बहादुर रोक्का र उत्तम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । सचिवमा अनन्तप्रकाश अर्याल र हरिचन्द्र शाही तथा सह सचिवमा गंगामाया कोइराला र चट्टान स्याङ्तान पनि सर्वसम्मत चयन भएका हुन् ।

४५ सदस्यीय कार्यसमितिमा अधिवेशनले पदाधिकारीसहित ३६ जना चयन गरेको छ ।

कूल १६८ मतमध्ये १६१ जनामात्रै निर्वाचन प्रक्रियामा सहभागि भएका थिए ।

बागमतीमा तिमल्सिना निर्वाचित

नेपाली काँग्रेस बागमती गाउँपालिकाको सभापतिमा फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी दिल्ली प्रसाद घोरासाइनीलाई १४ मतले पराजित गर्दै तिमल्सिना सभापतिमा निर्वाचित भएका हुन् ।

तिमल्सिनाले कूल खसेको १५१ मत मध्ये ७५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी घोरासाइनीले ६१ मत प्राप्त गरेका थिए । १ मत भने बदर भएको थियो ।

त्यस्तै उपसभापतिमा जगतबहादुर लामा र मंगललाल वाइवा तथा सचिवमा सुदिप पाख्रिन र सिरित कुमार राई निर्वाचित भएको जनाइएको छ ।

सहसचिवमा भानु सोराली मगर र बीरबहादुर थोकर सर्वसम्मत चयन भएका हुन् ।

भीमफेदीमा श्रेष्ठ निर्वाचित

काँग्रेस भीमफेदी गाउँपालिकाको सभापतिमा सञ्जिव श्रेष्ठ निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी नारायण आलेलाई १८ मतले पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति श्रेष्ठले कूल खसेको १५६ मत मध्ये ८६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी थापाले भने ६८ मत प्राप्त गरेका थिए । २ मत भने बदर भएको थियो ।

श्रेष्ठको नेतृत्वमा उपभापतिमा जबर सिं वाईबा र रुद्र लामा, सचिवमा सुन्दर गोले र सुमित्रा थिङ, मन्जुमाया भोलन र सुमित्रा नेगी सर्वसम्मत चयन भएका छन् ।

कुल ४५ सदस्यीय गाउँ कमिटीका लागि आज भएको निर्वाचन कार्यक्रमबाट श्रेष्ठको नेतृत्वमा १६ जना प्रतिनिधिहरु निर्वाचित भएका छन् ।

राक्सिराङमा जिम्बा निर्वाचित

राक्सिराङ गाउँपालिकाको सभापतिमा बिरेन्द्र जिम्बा निर्वाचित भएका छन् ।

जिम्बाले निकटतम प्रतिद्वन्दी देब लामालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

सभापति जिम्बाले ८१ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् ।

त्यस्तै काँग्रेस राक्सिराङ गाउँपालिका उपसभापतिमा मोहन नगरकोटी र बुधराम मोक्तान निर्वाचित भएका छन् ।

सचिवमा महेश चेपाङ्ग र कोपिला गोले र सह सचिवमा बिबिमाया मोक्तान र ज्ञान बहादुर ब्लोन निर्वाचित भएका छन् ।

कैलाशमा घिसिङ निर्वाचित

कैलाश गाउँपालिकाको सभापतिमा राजेन्द्र घिसिङ निर्वाचित भएका छन् । उनले १३७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी गुणराज स्याङ्तानले ३८ मत मात्र प्राप्त गरेका थिए ।

त्यस्तै उपसभापतिमा १३२ मतका साथ मानबहादुर वाइवा र ११६ मतका साथ कामी सिं स्याङ्तान निर्वाचित भएका छन् ।

उपसभापतिका अर्का २ उम्मेदवार जीवन लोप्चनले ४० र श्याम बहादुर वाईवा २४ मत मात्र प्राप्त गरे ।

सचिव पदमा आशिष प्रजा र प्रकाश रानामगर निर्वाचित भएका छन् । प्रजाले १२२ मत प्राप्त गरेका थिए भने रानामगरले ११२ मत प्राप्त गरेका थिए ।

सचिव पदका अर्का २ उम्मेदवार तेज बहादुर ब्लोनले ४४ र चन्द्रलाल थिङले ३६ मत मात्र प्राप्त गरेका थिए ।

सहसचिव पदमा भने ११२ मतका साथ विश्वनाथ थापा र १ सय मतका साथ दृढचन्द्र प्रजा निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप