बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि, १२७९ निको

आइतबार, १० असोज २०७८, १६ : ३०
आइतबार, १० असोज २०७८

बितेको २४ घण्टामा देशभर ८३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा निको हुने दर धेरै रहेको छ । अर्थात १२७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । 
मन्त्रालयकाअनुसार बितेको २४ घण्टामा १३ हजार ७३६ जनामा कोरोना परीक्षण भएको थियो । 

यसैबीच पछिल्लो २४ घण्टामा ९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६ पुगेको छ । यस्तै कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९१ हजार ३९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ५४७ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ६१ हजार १५४ जना निको भएका छन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप