काँग्रेस अधिवेशन : सल्यान जिल्ला सभापतिमा देउवा पक्षकै दुई उम्मेदवार, स्थानीय तहमा को–को भए विजयी ?
सल्यानका १० वटै स्थानीय तहमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गरिएको छ । जिल्ला सभापतिमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । देउवा पक्षको समर्थनमा संस्थापन पक्षबाट केशवबहादुर विष्ट र पौडेल पक्षको समर्थनमा देउवा खेमाकै ध्रुव पुरी जिल्ला सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
पालिका सभापतिमा पनि सोही अनुसार नेतृत्व चयन भएको सल्यान जिल्लाका काँग्रेस उपसभापति निमबहादुर ओलीले रातोपाटीलाई जानकारी दिए । १० स्थानीयतहमा बागचौर नगरपालिकाको सभापतिमा चयन भएका दीपेश बिसीको गुट स्पष्ट छैन भने पाँच स्थानीय तहमा पौडेल पक्ष अथवा ध्रुव पुरीको टिमले जित हासिल गरेको छ ।
यस्तै देउवा पक्ष अर्थात् केशवबहादुर विष्टको टिमले चार स्थानीय तहमा जित हासिल गरेको छ । जिल्लाको १० पालिकामध्ये एक पालिकामा मात्र महिलाले नेतृत्वको अवसर प्राप्त गरेकी छन् ।
कुन स्थानीय तहमा को–को बने सभापति ?
—बागचौर नगरपालिका ः दीपेश विसी (गुट स्पष्ट छैन)
—कालिमाटी गाउँपालिका : गणेश केसी (पौडेल पक्ष)
—शारदा नगरपालिका : दिपक हमाल (पौडेल पक्ष)
—बनगाढ कुपिण्डे नगरपालिका : पुरुषोत्तम आचार्य (पौडेल पक्ष)
—शिद्धकुमाख गाउँपालिका : वीरबहादुर बुढाथोकी (देउवा पक्ष)
—कुमाख गाउँपालिका : इन्द्र शाही (देउवा पक्ष)
—दार्मा गाउँपालिका : कृष्णबहादुर ओली (देउवा पक्ष)
—कपुरकोट गाउँपालिका : एकराज ओली (पौडेल पक्ष)
—त्रिवेणी गाउँपालिका ः गंगाराम पुन (पौडेल पक्ष)
—छत्रेश्वरी गाउँपालिका ः सीता केसी (देउवा पक्ष)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्को अर्धशतक
-
बेबी पाउडरबाट क्यान्सर मामिला राफसाफ गर्न साढे ६ अर्ब डलर क्षतिपूर्ति तिर्दै जोन्सन एन्ड जोन्सन
-
१९ रन बनाउँदै आउट भए सन्दीप जोरा
-
सुदूरपश्चिममा सत्ता साझेदारमा खटपट, विश्वासको मत अनिश्चित !
-
आजपाद्वारा भन्सार कानुनविरुद्ध चौथो चरणको आन्दोलन सुरु, तस्बिरहरू हेर्नुहोस्
-
एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित