कर्णाली प्रदेशसभामा पहिलो पटक गैरसरकारी विधेयक ‘इन्ट्री’ : के छ विधेयकमा ?
कर्णाली प्रदेशसभामा पहिलो पटक ‘गैरसरकारी विधेयक’ दर्ता गरिएको छ । जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व कानुनमन्त्री नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता गराएका हुन् । आइतबार उक्त, विधेयक प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले ‘इन्ट्री’ गराएका हुन् । भण्डारीले दर्ता गराएको विधेयकको दर्ता नम्बर ५८ (गैरसरकारी क्षेत्रबाट पहिलो) रहेको उनले जानकारी दिए ।
यसअघि कर्णाली प्रदेशसभामा सरकारका तर्फबाट ५७ वटा विधेयक दर्ता भएका छन् ।सचिव बुढाथोकीले भने, ‘यो नयाँ अभ्यास हो । आवश्यक परेको खण्डमा गैरसरकारी विधेयक ल्याउन सकिन्छ । कर्णाली प्रदेशसभामा यसको पहिलो पटक सुरुवात भएको हो ।’
के छ विधेयकमा ?
सांसद भण्डारीले दर्ता गराएको विधेयकको उद्देश्य भनेको खस संस्कृतिको संरक्षण, प्रचारप्रसार हो । यो विधेयकले खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
जुम्लाको सिंजा सभ्यताको आर्थिक, सामाजिक, धार्मिक, भाषिक, सांस्कृतिक र पर्यटकीय पूर्वाधारहरुको विकास गर्न यो विधेयक आवश्यक देखिएकाले दर्ता गराईएको भण्डारीले बताए ।
भण्डारीले सिंजा सभ्यताको बारेमा राज्यले खासै चासो नदिएकाले पनि आफुले गरेको अर्थ्याए ।
यस्तो छ विधेयक :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण