शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन: भक्तपुर नगर सभापतिमा तमखु

आइतबार, १० असोज २०७८, १५ : ३७
आइतबार, १० असोज २०७८


नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आइतबार भक्तपुरका स्थानीय तहमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चुन्ने काम भएको छ ।जसअनुसार काँग्रेस भक्तपुर नगर कार्यसमितिको सभापतिमा राजेन्द्र तमखु विजयी भएका छन् ।

सभापतिमा निर्वाचित तमखुले ८९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राम कासुलाले ६८ मत प्राप्त गरे ।  उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिल राज दैवज्ञ, सहसचिवमा विष्णु प्रसाद गणेजु र आरती रञ्जित, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका हुन्  । चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमीमा मतगणना जारी रहेको काङ्ग्रेस भक्तपुरले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप