काँग्रेस महाधिवेशन: भक्तपुर नगर सभापतिमा तमखु
आइतबार, १० असोज २०७८, १५ : ३७
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आइतबार भक्तपुरका स्थानीय तहमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चुन्ने काम भएको छ ।जसअनुसार काँग्रेस भक्तपुर नगर कार्यसमितिको सभापतिमा राजेन्द्र तमखु विजयी भएका छन् ।
सभापतिमा निर्वाचित तमखुले ८९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राम कासुलाले ६८ मत प्राप्त गरे । उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिल राज दैवज्ञ, सहसचिवमा विष्णु प्रसाद गणेजु र आरती रञ्जित, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका हुन् । चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमीमा मतगणना जारी रहेको काङ्ग्रेस भक्तपुरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण