काँग्रेस अधिवेशन : बुटवल उपमहानगरको सभापतिमा पौडेल पक्षका पाण्डे विजयी
बुटवल । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । उनले ४१२ मत ल्याएर विजयी भएका हुन् । यस्तै अर्को प्रतिस्पर्धी रिता केसीले भने १२४ मत ल्याएकी छन् । पाण्डे रामचन्द्र पौडेल निकट हुन् ।
यस्तै अन्य पदाधिकारीहरु पनि पाण्डे प्यालनकाबाट निर्वाचित भएका छन् । उपसभापति ज्योति भण्डारी र हितमान पुन विजयी भएका छन् । उनीहरुले नर बहादुर रजाली र हरिलाल सुनारलाई पराजीत गरेका हुन् । सचिवमा गंगा पन्थी र छाया पोखरेल तथा सहसचिवमा देवलाल अर्गली र गणेश घिमिरे विजयी भएका छन् ।
पाण्डे यो सँगै लगातर तेस्रो कार्यकार्य सभापति पदमा विजयी भएका हुन् ।
यस्तै नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा देवदह नगरपालिकाको सभापतिमा गुणाखर भुर्तेल १०३ मतसहित विजयी बनेका छन् । उनी रामचन्द्र पौडेल पक्षका हुन्।
उनले झबिन्द्र पाण्डेलाई ३ मतले हराएका हुन् । पाण्डेको १ सय मत थियो । यस्तै उपसभापतिमा पौडेल पक्षका प्रमोद यादव ११७ र देउवा पक्षका अमर लामिछाने १०२ मतसहित बिजयी बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण