काँग्रेस नगर अधिवेशन : हेटौंडा उपमहानगरपालिकामा इटेनीको प्यानल नै विजयी
मकवानपुर । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको सभापतिमा उत्सव इटेनी निर्वाचित भएका छन् । शनिबार भएको हेटौंडा उपमहानगरपालिकाको नगर अधिवेशनमा सभापति इटेनीसहित उनको प्यानल नै विजयी भएको हो । नगर सभापतिका उम्मेदवार इटेनी १ सय ५२ मत अन्तरले विजयी भएका हुन् ।
नगर सभापति इटेनीले २ सय ८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १ सय ३२ मत प्राप्त गरेका छन् । उपसभापतिमा इटेनी प्यानलबाट उम्मेदवार रहेका रामकृष्ण कोइरालाले ३ सय मत, महिला उपसभापति डोल्मा स्याङ्बोले २ सय ५७ प्राप्त गरी विजयी भएका छन् भने यता राउत प्यानलबाट उपसभापतिको उम्मेदवार रोशन गोलेले ९३ मत र महिला उपसभापतिको उम्मेदवार ज्योती कोइरालाले १ सय २६ मत प्राप्त गरी पराजित भएका छन् ।
त्यस्तै, सचिव पदका उम्मेदवार द्वय सविन न्यौपानेले २ सय ९७ मत र हर्करत्न लामाले २ सय २२ मत प्राप्त गरि विजयी भएका छन् भने सहसचिव पदमा निगम श्रेष्ठले २ सय ५८ मत र विकास बानियाँले २ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् ।
यसैगरी, राउत प्यानलका सचिव पदका उम्मेदवारद्वय कुमार पोखरेलले १ सय ६३ मत र गंगा प्रसाद पौडेलले १ सय १० मत प्राप्त गरे तर विजयी हुन भने सकेनन् । सहसचिव पदका उम्मेदवार अञ्जनी पराजुलीले १ सय ५७ मत र राजकुमार जोशीले ८४ मत मात्र प्राप्त गरे जुन जितका लागि प्रयाप्त हुन सकेन । हेटौंडा उपमहानगरपालिकाका कुल ४ सय २३ जना मतदातामध्ये ४ सय २१ जनाले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण