शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नगर अधिवेशन : हेटौंडा उपमहानगरपालिकामा इटेनीको प्यानल नै विजयी

आइतबार, १० असोज २०७८, ०७ : ४२
आइतबार, १० असोज २०७८

मकवानपुर । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको सभापतिमा उत्सव इटेनी निर्वाचित भएका छन् । शनिबार भएको हेटौंडा उपमहानगरपालिकाको नगर अधिवेशनमा सभापति इटेनीसहित उनको प्यानल नै विजयी भएको हो । नगर सभापतिका उम्मेदवार इटेनी १ सय ५२ मत अन्तरले विजयी भएका हुन् ।

नगर सभापति इटेनीले २ सय ८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १ सय ३२ मत प्राप्त गरेका छन् । उपसभापतिमा इटेनी प्यानलबाट उम्मेदवार रहेका रामकृष्ण कोइरालाले ३ सय मत, महिला उपसभापति डोल्मा स्याङ्बोले २ सय ५७ प्राप्त गरी विजयी भएका छन् भने यता राउत प्यानलबाट उपसभापतिको उम्मेदवार रोशन गोलेले ९३ मत र महिला उपसभापतिको उम्मेदवार ज्योती कोइरालाले १ सय २६ मत प्राप्त गरी पराजित भएका छन् ।

त्यस्तै, सचिव पदका उम्मेदवार द्वय सविन न्यौपानेले २ सय ९७ मत र हर्करत्न लामाले २ सय २२ मत प्राप्त गरि विजयी भएका छन् भने सहसचिव पदमा निगम श्रेष्ठले २ सय ५८ मत र विकास बानियाँले २ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् । 

यसैगरी, राउत प्यानलका सचिव पदका उम्मेदवारद्वय कुमार पोखरेलले १ सय ६३ मत र गंगा प्रसाद पौडेलले १ सय १० मत प्राप्त गरे तर विजयी हुन भने सकेनन् । सहसचिव पदका उम्मेदवार अञ्जनी पराजुलीले १ सय ५७ मत र राजकुमार जोशीले ८४ मत मात्र प्राप्त गरे जुन जितका लागि प्रयाप्त हुन सकेन । हेटौंडा उपमहानगरपालिकाका कुल ४ सय २३ जना मतदातामध्ये ४ सय २१ जनाले मतदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप