रातोपाटी ब्रिफिङ : रवि लामिछानेले देखाए २११० को सपना, रेशमको ९ राजनीतिक उद्देश्य

आज मिति २०७९ साल कात्तिक महिनाको १७ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–
१. राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सभापति रवि लामिछानेले पार्टीले पाँच वर्षमा गर्नसक्ने जति विषय समेटेर जनतासामू वाचा पत्र सार्वजनिक गरेको बताए ।
जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आम निर्वाचनहरूमा बढीभन्दा बढी नागरिक सहभागितालाई प्रवर्द्धन गर्ने बाचा गरेको छ । यस्तै झण्झटरहित सरकारी सेवाका लागि जिम्मेवार, प्रभावकारी र पारदर्शी सरकार सञ्चालन गर्ने बाचा गरेको छ।
भ्रष्टाचार देश विकासका मुख्य बाधक भएको भन्दै सो पार्टीले यसविरुद्ध निर्ममरुपमा प्रस्तुत हुने बाचा पनि गरेको छ । महिला तथा अन्य लिंगका व्यक्तिहरूलाई समाजमा स्वतन्त्र, आत्मनिर्भर र सम्मानित बनाउँदै समाज विकासको मूलधारमा स्थापित गर्ने वाचा सो पार्टीले गरेको छ ।
२११० को बाचा
राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले अघि सारेको वाचा पत्रले अबको ३१ वर्षमा देश निर्माणका लागि आधार तयार हुने दाबी गरेको छ । ‘यो वाचा पत्रले अबको ३१ वर्षपछि विसं २११० मा राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेको नेपालको लागि आधार तयार पार्ने छ’, वाचापत्रको पृष्ठ ३४ मा उल्लिखित हाम्रो परिकल्पनाको देश शीर्षकमा भनिएको छ ।
२. रेशमको राजनीतिक एजेण्डा
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितका ९ राजनीतिक एजेण्डा अघि सारेको छ । पार्टीको एजेण्डा वा राजनीतिक उद्देश्यका लागि अनवरत संघर्षरत रहने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।
‘नागरिक उन्मुक्ति पार्टी विद्रोहबाट जन्मिएको पार्टी हो । यसले अझै केही विषयमा अहिंसित राजनीतिक विद्रोह गर्न बाँकी छ । केही कुरा हाम्रो पार्टीले गर्ने लक्ष्य नै लिएको छ । यो हाम्रो दृष्टिकोण, लक्ष्य राजनीतिक उद्देश्य जे भन्नुस्, यसमा हामी अनवरत संघर्ष गरिरहने छौं’, पार्टीको घोषणापत्रमा भनिएको छ । ‘भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता’ हुनुपर्ने, प्रदेशको केही भूगोल सच्याउनुपर्ने, जथाभावी सडक खन्न रोक्ने, गाँस, बाँस कपासको ग्यारेन्टी गर्ने, जातीय कल्स्टरमा भएको विभेद सच्याउने जस्ता राजनीतिक उद्देश्य सो पार्टीले लिएको छ ।
३. पेट्रोलियम पदार्थको मूल्य यथावत
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । इण्डियन आयल कर्पोरेसन लिमिटेडले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल लगायतको मूल्य केही बढेर आएको निगमले जनाएको छ ।
४. सन्दीप लामिछाने प्रकरण
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् ।
कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
५. मौसमका कुरा
हावाको गुणस्तरको सूचक अनुसार यति बेला काठमाडौँको वायुमण्डलमा भएको प्रदूषणको मात्रा संवेदनशील समूहका लागि अस्वस्थ प्रकृतिको रहेको छ । वातावरण विभागका अनुसार काठमाडौँको भन्दा पनि पश्चिम तराइको क्षेत्रमा वातावरण प्रदूषणको मात्रा उल्लेख्य रहेको छ ।
तिहार लगतै नेपालमा वायु प्रदूषणको मात्रा बढेको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले रातोपाटीलाई जानकारी दिए । यसको कारण भारत खेतका परालमा लगाइएको आगो रहेको उनको भनाई छ ।
![]() | पञ्जाबमा पराल जलाउँदा नेपालमा वायु प्रदूषण बढ्दै, सचेत रहन विज्ञको सुझाव |
६. सेयर बजार
साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला तीन दिन लगातार बढेर १९३६ विन्दुमा उक्लिएको नेप्से सूचकमा बिहीबार १६ अंकको गिरावट आएको हो ।
उसो त नेप्से सूचक दोहोरो अंकले घटेको यसदिन कारोबार रकम समेत ९० करोड तल झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन ८९ करोड ८९ लाख ७ हजार रूपैयाँ बराबरको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर कारोबार भएको छ ।
![]() | नेप्सेमा १६ अंकको गिरावट, कारोबार पनि ८९ करोडमा झर्यो |
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ । पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ।
पीटीआईका नेता डा यास्मीन राशिदका अनुसार घटनामा खान घाइते भएका छन् ।
![]() | इमरान खानमाथि खुट्टामा गोली लागेको छ : असद उमर |
नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान सुस्ताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५० दिन यता अतिरिक्त अर्थात् बुस्टर डोज खोप लगाउनेको सङ्ख्या शून्य छ ।
गत भदौ २८ गतेसम्म ७९ लाख ७२ लाख ७९१ जनाले बुस्टर मात्रा खोप लगाएकोमा त्यस यता बुस्टर डोज लगाउनेको सङ्ख्या शून्य रहेको हो । कार्तिक ९ देखि १५ गतेसम्म पहिलो र दोस्रो मात्रा खोप लगाउने दर पनि शून्य रहेको मन्त्रालयले जनाएको छ ।
९ शेखरलाई प्रधानमन्त्रीको प्रोजेक्ट
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले कांग्रेस नेता डा शेखर कोइरालालाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गर्दै मत मागिरहेका छन् । केही सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कोइराला प्रधानमन्त्री हुने बताएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३१२ जनामा गरिएको नमुना परीक्षणमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही समयमा २३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
![]() | थप ४९ जनामा कोरोना संक्रमण पुष्टि |
![]() | हिमालयन होटलको नाममा कम्पनी खडा गरेर ४ करोड ५० लाख ठगी |
संसदमा सांसदहरुले उठाएका कुरालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ : अध्यक्ष तिमिल्सिना |
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रहित विपरीत कार्य गर्न लगाएको आरोप लगाएका छन् । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेका देउवाले आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राति २ बजेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद् भंग गर्न लगाएको आरोप लगाएका हुन् ।
![]() | ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर संसद् भंग गराए : प्रधानमन्त्री देउवा |
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
डढेलोले सखाप हुँदै जङ्गल