तानाशाह र भ्रष्ट्राचारीलाई छान्नका लागि चुनाव गरिँदैछ : धर्मेन्द्र बास्तोला
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले देशमा फाँसीवादी शासन चलिरहेकोले‌ आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचन खारेज गरिनुपर्ने बताए। यो संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था नभएकोले निर्वाचन खारेज गरिनुपर्ने उनले बताए ।
बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित चार दलको संयुक्त चुनावी बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘कुन तानाशाह छान्नका लागि चुनाव गरिँदैछ ? उनीहरूले पाँच वर्ष लुटेर खान बाहेक अरू केही गर्नसक्ने छैनन् त्यसैले चुनाव बहिष्कार गर्नतर्फ आम जनतालाई आह्वान गर्दछौं।’
उनले यो संसदीय व्यवस्था रहेसम्म साम्राज्यवादीहरुको कठपुतली चलिरहने र परिवर्तन सम्भव नहुने बताए । ‘यो दलाल पुँजीवादी शासनको विध्वंश गर्न जरुरी छ, उनले भने– ‘थोरै भोटले चुनिएर शासन गर्ने व्यवस्था लोकतान्त्रिक व्यवस्था होइन । अब वैज्ञानिक समाजवाद चाहिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण