हिमालयन होटलको नाममा कम्पनी खडा गरेर ४ करोड ५० लाख ठगी
बिहीबार, १७ कात्तिक २०७९, १६ : २६
हिमालयन होटलको नाममा कम्पनी खोलेर ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा, वीरगन्जका नौसद अन्सारी रहेका छन् ।
उनले सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएर घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको पाइएको छ ।
त्यसपछि हिमालयन होटल नामक कम्पनी दर्ता गराई राम्रो आम्दानी हुने भनि ४ करोड ५० लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले अन्सारीलाई वीरगन्जस्थित प्रतिमाचोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण