हिमालयन होटलको नाममा कम्पनी खडा गरेर ४ करोड ५० लाख ठगी
बिहीबार, १७ कात्तिक २०७९, १६ : २६

हिमालयन होटलको नाममा कम्पनी खोलेर ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा, वीरगन्जका नौसद अन्सारी रहेका छन् ।
उनले सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएर घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको पाइएको छ ।
त्यसपछि हिमालयन होटल नामक कम्पनी दर्ता गराई राम्रो आम्दानी हुने भनि ४ करोड ५० लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले अन्सारीलाई वीरगन्जस्थित प्रतिमाचोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स
-
मन्त्रिपरिषद्ले पारित गर्यो वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक
-
आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाउन शिक्षाका लागि राष्ट्रिय अभियानको माग
-
काठमाडौंमा आज पनि सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन