कृषिमा क्रान्ति गर्ने रवि लामिछानेको घोषणा, कृषि बजारीकरण बोर्ड गठन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ५ वर्षमा कृषिमा क्रान्ति गर्ने घोषणा गरेको छ । आज घोषणापत्र सार्वजनिक गर्दै रास्वपाले कृषिमा क्रान्ति गर्ने र जन–जनमा समृद्धि अनि शान्ति ल्याउने दाबी गरेको हो ।
यसका लागि आगामी ५ वर्षमा रासायनिक मल कारखाना स्थापना गर्ने देखि कृषि बजारीकरण बोर्ड गठन गर्ने घोषणा लामिछानेको पार्टीले गरेको छ । यस्तै, कृषिलाई आधुनिकीकरण गर्न, बाँझो जग्गा सदुपयोग गर्नका साथै खाद्य सुरक्षा र आत्मनिर्भरता हासिल गर्न कृषि भूमि बैँकको स्थापना गरिने समेत स्वतन्त्र पार्टीले घोषणा गरेको छ ।
रासायनिक मलको आवश्यकता सम्बोधन हुनेगरी वार्षिक ५ लाख टन उत्पादन क्षमताको रासायनिक मल कारखाना स्थापना गर्ने, स्थानीय तहमै जैविक फोहोरको व्यवस्थापन गर्ने गरी प्रत्येक पालिकामा न्यूनतम् एउटा जैविक मल कारखाना स्थापना गर्ने समेत रास्वपाको घोषणा छ ।
यस्तै, ‘एक क्षेत्र, एक बाली, किसानको जीवनमा खुशीयाली’ योजना अन्तर्गत तोकिएको बाली लगाउने किसानको उत्पादनको मुनाफाको ग्यारेन्टी राज्य स्वयंले गर्ने, कृषि योग्य जमिनमा सिञ्चाईको सुविधा पुर्याउन स्थानीय स्तमा सिञ्चाईको स्रोत खोजी राष्ट्रियस्तरमा नदी पथान्तरणको योजना, नवीन प्रविधिको प्रयोग गर्ने दाबी समेत लामिछानेले जनतासामू गरेका छन् ।
हरेक पालिकामा कम्तीमा एउटा भण्डारण तथा थोक विक्री केन्द्र स्थापना गर्ने, स्थानीय रुपमा उत्पादित अन्न तथा पैदावारहरुमा आधारित उद्योग अनिवार्य स्थापना गरिने जस्ता विषय समेत चुनावी घोषणापत्रमा समेटिएको छ । यस्ता उद्योगहरूले विभिन्न कर छुट, ब्याजरहित कर्जा, अनुदान लगायतका सेवा–सुविधा पाउने बताइएको छ ।
प्रत्येक पालिकामा कृषि र पशु प्राविधिक सहितको सेवा केन्द्रको व्यवस्था गरिने, कृषकहरूलाई आर्थिक तथा प्राकृतिक विपत्तिबाट सुरक्षित राख्न कृषि बिमा र सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने लगायतका योजना समेत स्वतन्त्र पार्टीको छ । मित्र राष्ट्रहरूमा सोझै निर्यात गर्ने कृषि उत्पादनहरूको पहिचान, व्यवसायीकरण र प्रमाणीकरण (अर्गानिक लगायतका) गर्न उच्चस्तरमा कूटनीतिक पाइला चालिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैशाख ७ गतेदेखि सडकमै खान्छौँ, सडकमै सुत्छौँ’
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित