संसदमा सांसदहरुले उठाएका कुरालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा सांसदहरु उठाएका कुराहरुलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन ग्रहण गर्दै यस्तो बताएका हुन् ।
उनले संसदमा बोलेको कुरा कोही एक व्यक्तिले मात्र बोलेको विषय नभइ जनताको आवाज भएकाले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन् । उनले संसदबाट पास भएका प्रतिवेदनहरुलाई सम्बन्धित निकायहरुले तदारुकताकासाथ कार्यान्वयनमा लैजनुपर्ने बताए । उनले सर्वसम्मतले पास भएका प्रतिवेदनहरुको कार्यान्वयनमा कुनैपनि विघ्नबाधा हुनु नहुने बताए । उनले समितिले दिएका प्रतिवेदनहरुको कार्यान्वयन गर्नसकेमात्रै संघीयता झनै बलियो बन्ने दाबी गरे ।
अध्यक्ष तिमिल्सिनाले संसदीय समितिले दिएका निर्देशन र प्रतिवेदनहरुलाई प्रक्रिया पूरा गर्ने माध्यमको रुपमा नलिन पनि आग्रह गरे । उनले प्रतिवेदनहरुलाई प्रक्रिया पूरा गर्ने माध्यम सोच्ने हो भने सिंगो संसदीय व्यवस्थाको मर्ममाथि प्रहार हुने बताए ।
अध्यक्ष तिमिल्सिनाले पदको लागि मात्रै पदमा नबसी पदमा बसेर राष्ट्रलाई के दिन सकिन्छ भनेर सबैले सोच्ने बेला भएको बताए । उनले समितिले बुझाएका प्रतिवेदनहरुको कार्यान्वयन मुख्य रहेको उल्ल्ेख गर्दै साझा निस्कर्षलाई कार्यान्वयन नलैजाने हो भने भविष्यमा कुनैपनि समिति बनाउनुको अर्थ नरहने जिकिर गरे । उनले समतिले बुझाएको यो प्रतिवेदनलाई संसदले खोजि गरिरहने दाबी गरे । उनले संसदीय समितिबाट आएका निष्कर्षलाई नजरअन्दाज र बेवास्ता गर्नु नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह