निगम नाफामा भएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । इण्डियन आयल कर्पोरेसन लिमिटेडले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल लगायतको मूल्य केही बढेर आएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा रु ०.६१ प्रति लिटर, डिजेलमा रु ५.७६ प्रति लिटर, मट्टितेलमा रु ४.०१ प्रति लिटर, हवाई इन्धनमा रु ४.७७ प्रति लिटरले बढेर आएको छ । एलपी ग्यासमा केही घटेर आएको भएतापनि निगमलाई हाल डिजेलमा रु १२.१४ प्रति लिटर घाटा रहेको छ भने ग्यासमा रु २२८.८४ प्रति सिलिण्डर घाटा छ ।
पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब रु १८ करोड नाफा हुने प्रक्षेपण गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि निगमले इण्डियन आयल कर्पोरेसन र नेपाल सरकारलाई रु २९ अर्ब ११ करोड पुरानो ऋण तिर्न बाँकी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण