बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

निगम नाफामा भएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत

बिहीबार, १७ कात्तिक २०७९, १७ : ४२
बिहीबार, १७ कात्तिक २०७९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । इण्डियन आयल कर्पोरेसन लिमिटेडले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल लगायतको मूल्य केही बढेर आएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा रु ०.६१ प्रति लिटर, डिजेलमा रु ५.७६ प्रति लिटर, मट्टितेलमा रु ४.०१ प्रति लिटर, हवाई इन्धनमा रु ४.७७ प्रति लिटरले बढेर आएको छ ।  एलपी ग्यासमा केही घटेर आएको भएतापनि निगमलाई हाल डिजेलमा रु १२.१४ प्रति लिटर घाटा रहेको छ भने ग्यासमा रु २२८.८४ प्रति सिलिण्डर घाटा छ । 

पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब रु १८ करोड नाफा हुने प्रक्षेपण गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यद्यपि निगमले इण्डियन आयल कर्पोरेसन र नेपाल सरकारलाई रु २९ अर्ब ११ करोड पुरानो ऋण तिर्न बाँकी रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप