भोट हालेर जिताएकाले राष्ट्रघात गरिरहेका छन् : सिपी गजुरेल
बिहीबार, १७ कात्तिक २०७९, १७ : २९

देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले आसन्न निर्वाचनमा जनताले भोट हाल्न नजान जनतालाई आह्वान गरेका छन्। यसअघि भोट हालेर जिताएकाहरुले राष्ट्रघात गरिरहेकाले भन्दै उनले भोट नहाल्न आग्रह गरेका हुन्।
बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित चार दलको संयुक्त चुनावी बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘लोकतान्त्रिक गणतन्त्र भनेको दलाल र नोकरसाही पुँजीवादी व्यवस्था हो ।’
अब जनगणतन्त्र व्यवस्था लागू गर्नुपर्ने उनको भनाइ छ । ‘यो भनेको मजदुर, किसान, महिलाहरूको व्यवस्था हो, यहि नै पहिलो आवश्यक र विकल्प हो’, उनले भने– ‘त्यसका लागि यो संसदीय व्यवस्था बहिष्कार गर्नुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित