एमाले केन्द्रीय सदस्य रीताकुमारीद्वारा पार्टी परित्यागको घोषणा
नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला सहईन्चार्ज रीता कुमारीले पार्टी परित्यागको घोषणा गरेकी छन् । उनले एक विज्ञप्तिमार्फत एमाले र सो पार्टीका अध्यक्ष कार्यशैली तथा नीतिप्रति असन्तुष्टि जनाउँदै एमाले परित्यागको घोषणा गरेकी हुन् ।
‘पछिल्लो समय हुँदै आएको देश र जनताको अहितका गतिविधिहरूप्रति मेरो निरन्तर फरक मत एवम् आपत्ति रहँदै आएको छ । तर पार्टीभित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हाबी भएको कारण देश र जनताको पक्षको हाम्रो बोलीलाई निरन्तर दबाउने कार्य हुँदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यथास्थितिवादी र प्रतिगामी तत्वहरुसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको वर्तमान परिपेक्ष्यमा नेकपा एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्षसहित नेकपा एमालेको साधारण सदस्य समेत नरहनेगरी केन्द्रीय कमिटी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको सम्पूर्णमा जानकारी गराउँछु ।’
उनले एमालेले जसपा र राप्रपासँग गरेको चुनावी तालमेलको पनि आलोचना गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण