एमाले केन्द्रीय सदस्य रीताकुमारीद्वारा पार्टी परित्यागको घोषणा

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला सहईन्चार्ज रीता कुमारीले पार्टी परित्यागको घोषणा गरेकी छन् । उनले एक विज्ञप्तिमार्फत एमाले र सो पार्टीका अध्यक्ष कार्यशैली तथा नीतिप्रति असन्तुष्टि जनाउँदै एमाले परित्यागको घोषणा गरेकी हुन् ।
‘पछिल्लो समय हुँदै आएको देश र जनताको अहितका गतिविधिहरूप्रति मेरो निरन्तर फरक मत एवम् आपत्ति रहँदै आएको छ । तर पार्टीभित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हाबी भएको कारण देश र जनताको पक्षको हाम्रो बोलीलाई निरन्तर दबाउने कार्य हुँदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यथास्थितिवादी र प्रतिगामी तत्वहरुसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको वर्तमान परिपेक्ष्यमा नेकपा एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्षसहित नेकपा एमालेको साधारण सदस्य समेत नरहनेगरी केन्द्रीय कमिटी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको सम्पूर्णमा जानकारी गराउँछु ।’
उनले एमालेले जसपा र राप्रपासँग गरेको चुनावी तालमेलको पनि आलोचना गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स
-
मन्त्रिपरिषद्ले पारित गर्यो वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक
-
आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाउन शिक्षाका लागि राष्ट्रिय अभियानको माग
-
काठमाडौंमा आज पनि सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन
-
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह
-
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै सावित्री