ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर संसद् भंग गराए : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रहित विपरीत कार्य गर्न लगाएको आरोप लगाएका छन् । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेका देउवाले आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राति २ बजेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद् भंग गर्न लगाएको आरोप लगाएका हुन् ।
‘ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर ससद भंग गर्नुभयो । त्यसपछि मात्रै म प्रधानमन्त्री भएको हुँ । यसपटक मेरो प्रधानमन्त्री बन्ने मन त थिएन तर ओलीजीको गलत कदमका कारण भएको हुँ’, उनले अगाडि थपे, ‘उत्तम संविधान बनाए पनि ओलीले च्यात्न खोजे । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन ।’ ओलीकै कार्यविरुद्धमा हालको ५ दलीय गठबन्धन बनेको देउवाको भनाइ थियो ।
उनले हालको ५ दलीय गठबन्धन राष्ट्र हितको लागि भएको बताउँदै आफ्नो १०÷१५ वर्षसम्म पनि चलाउने इच्छा रहेको बताए । प्रधानमन्त्री देउवाले भारत र चीनविरुद्ध लड्न नसकिने बताउँदै ती देशहरूसँग नेपालले हातेमालो गरेर अगाडि बढ्नुपर्ने वाध्यता रहेको पनि सुनाए ।
यसैबीच प्रधानमन्त्री देउवाले पश्चिमसेती जल विद्युत् परियोजनाको काम अगाडि बढेको बताएका छन् । साथै उनले धनगढी–डडेलधुरा सडकलाई ४ लेनको रूपमा विस्तार गरिने र डडेलधुरा मेडिकल कलेज निर्माणलाई अगाडि बढाइने पनि प्रतिबद्धता जाहेर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण