वाचा पत्र निर्जीव अक्षरहरूको दस्ताबेज होइन : रवि लामिछाने
बिहीबार, १७ कात्तिक २०७९, ११ : ४८

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले सार्वजनिक गरेको वाचा पत्र निर्जीव अक्षरहरूको दस्ताबेज मात्रै नभएको बताएका छन् । उनले त्यसलाई सजीव बनाउनका निमित्त पार्टीले काम गर्ने प्रतिबद्धता जनाए ।
उनले वाचापत्रसहित भोट माग्न जाँदा मतदाताले चाहनु हुन्छ भने कागज र ल्याप्चे गराउन सक्ने बताए । ‘वाचापत्रसहित हाम्रा उम्मेदवारहरूले भोट माग्न जाँदा मतदाताले चाहनु हुन्छ भने हस्ताक्षर लिन सक्नुहुन्छ । ल्याप्चे र कागज गराएर राख्न सक्नुहुन्छ’, उनले भने, ‘जनतासँग बोलेको कुरा पुरा हुनुपर्छ ।’
उनले पछिसम्मको सोच बनाएर वाचापत्र तयार गरेको पनि बताए ।