बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

बिहीबार, १७ कात्तिक २०७९, १७ : ४८
बिहीबार, १७ कात्तिक २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ । पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ।   

पीटीआईका नेता डा यास्मीन राशिदका अनुसार घटनामा खान घाइते भएका छन् ।  बीबीसी उर्दूका अनुसार हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन् । 

अधिकारीहरूका अनुसार तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ । गोली उनले नै चलाएको हो या कसले भन्नेबारे पुष्टि नभएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप