बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हरेक चुनावमा व्यक्तिले जिते, जनताले जितेका छैनन् : रवि लामिछाने

बिहीबार, १७ कात्तिक २०७९, ११ : ४१
बिहीबार, १७ कात्तिक २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हरेक चुनावमा व्यक्तिले मात्रै जितेको बताएका छन् । तर, आम नेपाली जनताले भने कहिल्यै जित्न नसकेको लामिछानेको भनाइ छ । 

बिहीबार राजधानीमा आयोजित पार्टीको वाचा पत्र सार्वजनिक कार्यक्रममा उनले प्रमुख पार्टीहरुमा शीर्ष नेताको चाकडी गर्ने तर जनतामा नजाने प्रवृत्ति रहेको दाबी गरे । ‘प्रमुख दलमा शीर्ष नेताको चाकडी गर्ने प्रवृत्ति  छ । त्यसो भएपछि जनताको सेवा गर्न जरुरी हुँदैन’, उनले भने, ‘हरेक चुनावमा एउटा उम्मेदवारले वा व्यक्तिले जितेको छ । तर नेपाली जनताले कहिल्यै जितेका छैनन् ।’

उनले देशको ठूलो समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै बलियो प्रतिपक्षी हुँदा समस्या थप बढेको बताए । ‘प्रतिपक्षी बलियो नहुँदासम्म देश बन्न सक्दैन । यो देशमा प्रतिपक्षी दल छैन । जबसम्म प्रतिपक्षी हुँदैन, भ्रष्टाचार रोकिन सक्दैन’, उनले भने । 

लामिछानेले पार्टीलाई  लोकतान्त्रिक बनाउने कोसिस​ गरिरहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप