रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०७९ साउन असोज ३० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा अस्ताए शताब्दी पुरुष, सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशपछि रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी कायम, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतपत्रको नमुना सार्वजनिक, माओवादी केन्द्रको तीन बुँदे सर्कुलर, काठमाडौं–२ मा गठबन्धनको संयुक्त कार्यक्रम, कांग्रेसले बनायो ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति, प्रदेशसभातर्फ ३३० सिटमध्ये १५८ स्थानमा महिलाको उम्मेदवारी शून्य लगायत छन् ।
१. अस्ताए शताब्दी पुरुष
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ः ०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो । जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण थियो ।
संस्कृतिविद् सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जली १२ देखि ४ बजेसम्म |
सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई कात्तिक २ गते छलफलका लागि बोलाएको छ । एकीकृत समाजवादी पार्टीका नेतासमेत गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत समानुपातिकतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । प्रतिनिधिसभातर्फको समानुपातिक तर्फको एउटा र सात प्रदेशमा प्रदेशसभातर्फ समानुपातिकका अलग अलग सात मतपत्रको नमुना आयोगले सार्वजनिक गरेको हो ।
४. माओवादी केन्द्रको तीन बुँदे सर्कुलर
नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ । पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आइतबार पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिह्न ‘गोलाकार भित्रको हँसिया हथौडा’ रहेको स्मरण गराउँदै सबै प्रदेश र जिल्लाहरूलाई आपसी सहकार्य प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।
५. काठमाडौं–२ मा गठबन्धनको संयुक्त कार्यक्रम
आइतबार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको संयुक्त कार्यक्रम आयोजना गरिएको छ । गठबन्धन घटकका शीर्ष नेताहरुले सम्बोधन गरेको कार्यक्रममा प्रतिनिधिसभातर्फ सो क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीसमेत सहभागी थिइन् ।
ओनसरीलाई जिताउनुस् राम्रो विकासे मन्त्री बनाएर पठाइन्छ : प्रचण्ड |
६. कांग्रेसले बनायो ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति
नेपाली कांग्रेसले ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान अनुसार आइतबार ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति’ गठन गरेका हुन् ।
कांग्रेसले गर्यो निर्वाचन परिचालन समिति गठन (सूचीसहित) |
आगामी मंसिर ४ गते हुने निर्वाचन अन्तर्गत प्रदेशसभातर्फ महिला उम्मेदवारको उपस्थिति निराशाजनक पाइएको छ । निर्वाचन आयोगका अनुसार सात प्रदेशमा ३३० सिटको लागि हुने निर्वाचनमा ३ हजार २२३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २ हजार ९४३ जना पुरुष छन् भने महिलाको संख्या २८० जनामात्र छ । १५८ सिटमा महिलाको उम्मेदवारी नै नरहेको आयोगले जनाएको छ ।
प्रदेश सभा निर्वाचन तर्फको ३३० मध्ये १५८ स्थानमा महिलाको उम्मेदवारी शून्य |
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दलहरु चुनाव प्रचारमा खटिन थालिसकेका छन् । यसै सन्दर्भमा रातोपाटीले विभिन्न निर्वाचन क्षेत्र केन्द्रित रहेर सो क्षेत्रका उम्मेदवारका साथै मुख्य प्रतिस्पर्धीको अवस्थाबारे केलाउने प्रयास गरेको छ । यसै क्रममा आइतबार तयार पारिएका केही सामग्री निम्न छन्–
९. चामल बाँडेपछि मन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । देउखुरीका चार पालिकाका लागि करिब १३ लाख बराबरको खाद्यान्न (चामल) वितरण गरेको सार्वजनिक भएपछि आयोगले आइतबार चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
मन्त्री चौधरीद्वारा बाढी पीडितलाई १३ लाख बराबरको खाद्यान्न सहयोग |
१०. र यो पनि,
कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरुले सत्तारुढ गठबन्धनभित्र विद्रोह गरेका छन् । पार्टीको नेतृत्व तहमै रहेका नेताहरुले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।
‘युरेनियम’ बेच्ने भनेर ठग्न खोजेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट ७ जनालाई पक्राउ गरेको हो ।
नेकपा माओवादी केन्द्रले आगामी ५ वर्षसम्म संविधान संशोधन मार्फत देशलाई जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन र पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ विस्तारै माहोल बनाएर लग्ने उद्घोष गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियालाई हराउन नेपालले १४० रन बनाउनुपर्ने
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण