प्रभु साह, विजय गच्छदारसहित ९ जना उम्मेदवार विरुद्ध परेको रिट खारेज
सर्वोच्च अदालतले प्रतिनिधिसभा उम्मेदवार प्रभु साह, विजय गच्छदारसहित ९ जनाविरुद्ध परेको रिट खारेज गरेको छ । सर्वोच्चका अनिलकुमार सिन्हाको एकल इजलालले अधिवक्ता अनिल आचार्यले दायर गरेको रिट निवेदन खारेज गरेको हो ।
रिट निवेदनमा सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छदार, मनाङबाट कांग्रेस उम्मेदवार रहेका टेकबहादुर गुरुङ, तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र गोविन्दराज जोशी र रौतहट क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलगायतको उम्मेदवारी खारेज गर्न माग गर्दै गरिएको थियो ।
यस्तै चितवन क्षेत्र नं २ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे, सिरहा क्षेत्र नं १ की स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक क्षेत्र नं १ (क) का एमाले उम्मेदवार डिबी तामाङ, महोत्तरी १ का एमाले उम्मेदवार लक्ष्मी महतो र झापा ५ (ख) का माओवादी उम्मेदवार रेवतराज पुरीको उम्मेदवारी पनि खारेज गर्न माग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम तोडेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना
-
बाल मन्दिरको सम्पत्ति हिनामिना : ८ जनाविरुद्ध ठगी मुद्दा दायर
-
सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण