रुपन्देही २ उम्मेदवारी खारेज विवाद : स्वतन्त्र उम्मेदवार डा. कमल भुसाल पनि अदालत पुगे
रुपन्देही क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार डा. कमल भुसाल पनि अदालत गएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि राजु गुरुङसँगै भुसाल पनि अदालत पुगेका हुन् । असोज २८ गते शुक्रबार भुसालले निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएका थिए । आफ्नो उम्मेदवारी कायम नै रहनुपर्ने माग गर्दै दर्ता गरिएको रिट निवेदन आइतबार वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।
भुसालले आफू एमडीमा अध्ययनरत रहेको र राज्यले निर्वाह भत्ता दिएको आधारमै लाभको पद लिएको भनी निर्वाचन अधिकृतको कार्यालयले गरिदिएको उम्मेदवारी खारेज कानूनसम्मत नभएको भन्दै रिट लिएर गएका हुन् । एमडीमा अध्ययनरत रहेको कारण छात्रवृत्ति दिएको नभई अध्ययनसँगै काम पनि गर्नुपर्ने भएकाले काम वापतको निर्वाह भत्ता दिएको जिकिर गर्दै त्यसलाई राज्यबाट लाभ लिएको भन्न नमिल्ने जिकिर गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतले बदनियत राखेर आफ्नो उम्मेदवारी खारेज गरिदिएको भन्दी डा.भुसालले निर्वाचन अधिकृतलाई समेत विपक्षी बनाएका छन् । निर्वाचन अधिकृतले कुनै व्यक्ति विशेषलाई फाइदा पुग्ने गरी स्वार्थ राखेर प्रतिस्पर्धी उम्मेदवारलाई प्रतिस्पर्धाबाट बाहेक गरेको भुसालको आरोप छ ।
रुपन्देही २ का निर्वाचन अधिकृत उदवीर नेपालीले एमाले उपाध्यक्ष विष्णु पौडेल मात्रै मुख्य प्रतिष्पर्धामा रहने गरी सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका राजु गुरुङ र चर्चामा रहेका स्वतन्त्र उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज गरिदिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण