‘युरेनियम’ बेच्ने भनेर ठग्न खोज्ने ७ जना नयाँ बसपार्कबाट पक्राउ
‘युरेनियम’ बेच्ने भनेर ठग्न खोजेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । शुक्रवार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट ७ जनालाई पक्राउ गरेको एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा डोल्पा ठुलो भेरी घर भएर सानोथिमी बस्ने शंकर शाही, नुवाकोट किस्पाङ घर भएका ३२ वर्षीय दोर्जे तामाङ, मोरङ कानेपोखरी घर भएका ३६ वर्षीय दिपेन्द्र ढकाल, नुवाकोट म्यागम घर भएका ४१ वर्षीय मंगलसिंह तामाङ र धादिङ बेत्रावती घर भएका ३२ वर्षीय रमित घले छन् । दोलखा भिमेश्वर घर भएका ५३ वर्षीय यादव सिलवाल र झापाको मेचिनगर घर भएका ५४ वर्षका सून्दर थापा पनि पक्राउ परेका छन् ।
प्रहरीले आरोपीहरुको साथबाट डेढ किलो फस्फोरस जस्तो देखिने पदार्थ बरामद गरेको छ । सो पदार्थ परिक्षणका लागि खानी तथा भुगर्भ विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । अनुसन्धान कार्यालयले आारोपीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत महाराजगञ्जमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण