भोलि पनि गठबन्धनकै भविष्य छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरको निर्वाचनपछि पनि गठबन्धनकै भविष्य रहेको बताएका छन् । आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले गठबन्धन कायमै रहेपछि कुनैपनि समस्या समाधान गर्न सक्ने बताए ।
‘भोलि पनि भविष्य गठबन्धन दलकै छ । गठबन्धन भइसकेपछि हल गर्न नसकिने केही पनि छैन’, अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्दै केही कानुनी अवरोध आएपनि ती समस्या समाधान गरेर अघि बढ्न सकिने बताए ।
‘तर सँगसँगै केन्द्रबाट मन्त्रिपरिषद्बाट अनेक किसिमका कानुनी अवरोधहरू विभिन्न ठाउँबाट आउलान् । त्यसलाई हल गर्नका लागि पनि हाम्रा वर्तमानका प्रधानमन्त्री पनि त छदैहुनुहुन्छ, भविष्यका पनि प्रधानमन्त्रीहरू पनि यही छन् ।’ प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई हेर्दै नेता नेपालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो : उद्योग मन्त्री
-
भारतले बङ्गलादेशलाई दिँदै आएको ट्रान्ससिपमेन्ट सुविधा खारेज, नेपाललाई असर नपर्ने
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटन