भोलि पनि गठबन्धनकै भविष्य छ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरको निर्वाचनपछि पनि गठबन्धनकै भविष्य रहेको बताएका छन् । आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले गठबन्धन कायमै रहेपछि कुनैपनि समस्या समाधान गर्न सक्ने बताए ।
‘भोलि पनि भविष्य गठबन्धन दलकै छ । गठबन्धन भइसकेपछि हल गर्न नसकिने केही पनि छैन’, अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्दै केही कानुनी अवरोध आएपनि ती समस्या समाधान गरेर अघि बढ्न सकिने बताए ।
‘तर सँगसँगै केन्द्रबाट मन्त्रिपरिषद्बाट अनेक किसिमका कानुनी अवरोधहरू विभिन्न ठाउँबाट आउलान् । त्यसलाई हल गर्नका लागि पनि हाम्रा वर्तमानका प्रधानमन्त्री पनि त छदैहुनुहुन्छ, भविष्यका पनि प्रधानमन्त्रीहरू पनि यही छन् ।’ प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई हेर्दै नेता नेपालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण