ओनसरीको घोषणा : दुई वर्षभित्र जोरपाटी–साँखु सडकखण्ड निर्माण गर्न नसके राजीनामा दिन्छु
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भएमा दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने बताएकी छन् ।
आइतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै आफू निर्वाचित भए दुई वर्षसम्म जोरपाटी– साँखु सडकखण्डको स्तरोन्नती तथा निर्माण कार्यसम्पन्न गराउने घोषणा गरेकी हुन् ।
सो अवधिमा निर्माण कार्य सम्पन्न गराउन नसके आफूले पदबाट राजीनामा दिने समेत घर्तीको भनाइ छ । साँखु बजार र शालीनदीको पर्यटकीय विकासमा ध्यान दिने भन्दै उनले जर्सिङपौवालाई संग्रहालयको रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना सुनाएकी उनले व्यवसायिक तरकारी, फलफूल खेतीको बिस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता राख्ने बताइन् । त्यसैगरी मुलपानीमा निर्माणाधिन क्रिकेट रंगशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने पनि उहाँको प्रतिवद्धता छ ।
‘जोरपाटी–साँखु सडकको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाई भएको छ, म घोषणा गर्न चाहन्छु आगामी दुई वर्षहरुमा यदि त्यो कार्य मैले सम्पन्न गर्न सकेन भने म राजीनामा गर्छु । नोट गर्नुस्’, घर्तीको भनाइ छ । साथै उनले मुलपानीमा निर्माणाधिन क्रिकेट रंगशालाको काम छिट्टै सम्पन्न गर्ने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाएर कार्यान्वयनमा लाग्ने भन्दै एयरपोर्ट निर्माणका क्रममा विभिन्न क्षेत्रबाट प्रभावितहरुको समस्या समाधान गर्ने बताइन् ।
'कोटेश्वरको जाम या ट्राफिकलाई हटाउन मैले आवश्यक पहलकदमी अगाडी बढाउनेछु । कृषि तथा वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन कलेज नाङ्लेभारेमा निर्माण भइरहेको छ । सञ्चालनमा ल्याउन पहलकदमी लिनेछु । साँखुको ढल निकासमा ध्यान दिनेछु’, घर्तीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण