प्रदेश सभा निर्वाचन तर्फको ३३० मध्ये १५८ स्थानमा महिलाको उम्मेदवारी शून्य

आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार सात प्रदेशमा ३३० सिटको लागिको हुने निर्वाचनमा ३ हजार २२३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २ हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला ।
परेको कुल उम्मेदवारीमध्ये महिलाको संख्या मात्र ८.६८ प्रतिशत रहेको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश सभाका ३३० सिटमध्ये १५८ वटामा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन । अर्थात करिव आधा सिटमा एक जना पनि महिला प्रतिस्पर्धामा उत्रिएका छैनन् । कुलको ४७.८७ प्रतिशत सिटमा महिला उम्मेदवारी शून्य रहेको छ ।
प्रदेश सभाका कुल सिटमध्ये १०८ वटामा मात्र एक–एक जना महिलाले उम्मेदवारी दिएका छन् । ३९ वटा सिटमा महिला उम्मेदवारको संख्या दुई–दुई जना रहेको छ । यस्तै, प्रदेश सभाको १३ सिटमा महिला उम्मेदवारको संख्या तीन–तीन जना रहेको छ । पाँच सिटमा महिला उम्मेदवारको संख्या चार–चार जना रहेको छ भने सात सिटमा महिला उम्मेदवार पाँच–पाँच जना रहेका छन् ।
प्रदेश सभातर्फ प्रदेश नं.१ मा ५२, मधेश प्रदेशमा ७४, बागमती प्रदेशमा ८०, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना महिलाले उम्मेदवारी दिएका छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनरत ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक