ओनसरीलाई जिताउनुस् राम्रो विकासे मन्त्री बनाएर पठाइन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की गठबन्धनका उम्मेदवार ओनसरी घर्तीमा असाधारण क्षमता रहेको बताएका छन् । आइतबार काठमाडौंमा भएको गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रोल्पामा जन्मिएर आएकी घर्तीलाई आफ्नै प्रस्तावमा सभामुख बनाएको र सभामुख बनेर कुशलतापूर्वक जिम्मेवारी पुरा गरेको भन्दै अब पनि उनलाई जिताएर पठाए राम्रो विकासे मन्त्री बनाएर पठाउने बताए ।
‘ओनसरी रोल्पाको ग्रामीण इलाकामा जन्मेर संघर्ष गरेर आएको हो । विग फाइभ हो प्रतिनिधिसभाको सभामुख पद भनेको’,प्रचण्डले भने,‘मैले नै हो उहाँलाई पहिला सभामुखको प्रस्ताव गरेको पनि, उहाँले सफलतापूर्वक जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुभयो ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,‘ओनसरी घर्तीभित्र क्षमता छ भन्ने देखेपछि यो निर्वाचन क्षेत्रमा उहाँलाई उम्मेदवार बनाएको हो । निर्धक्क सँग ओनसरी नेतृत्वका उम्मेदवारलाई विजयी गराउनुस् । उहाँलाई विजयी गरेपछि राम्रो विकासे मन्त्री पनि बनाइनेछ ।’
त्यस्तै प्रचण्डले अबको ऐतिहासिक दायित्व भनेको आर्थिक समृद्धिको नयाँ क्रान्तितिर अघि बढ्नु भएको पनि बताए । ‘त्यसको निम्ती तपाई सचेत मतदाताले नयाँ रेकर्ड बनाउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु’, प्रचण्डले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गर्दै भने,‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन । त्यसकारण विकास निर्माण र समृद्धि नै अब हाम्रो मुख्य एजेण्डा हुनेछ ।’
उनले आर्थिक क्रान्तिको अभियानलाई एक सुत्रीय अभियानका रुपमा अघि बढाउनुपर्ने भन्दै निर्वाचनका लागि गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण