संस्कृतिविद् सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जली १२ देखि ४ बजेसम्म
आइतबार, ३० असोज २०७९, ११ : २६

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजेदेखि ४ बजेसम्म राखिने भएको छ । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले सो निर्णय गरेको हो ।
अस्पतालले आफ्ना कार्य सकेपछि जोशीको शव परिवारलाई हस्तान्तरण गरिने र परिवारले आफ्नो संस्कृति अनुसारको कार्यक्रम सकेपछि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजे देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि लगिने सो बैठकमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।
जोशीले आफ्नो शरीर दान गरेकाले अन्तिम संस्कार भने नहुने भएको छ । जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो । १०३ वर्षको उमेरमा निधन भएका उनी मुटु र प्रोस्टेटको समस्याबाट पीडित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत