हामीले पहिलेदेखि हँसिया हथौडा र रुख चिन्ह एक बनाइसकेका हौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै पहिलेदेखि नै हँसिया हथौडा र रुख चिन्ह एक बनाइसकेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषण कार्यक्रममा बोल्दै प्रचण्डले एकले अर्कोसँग सहकार्य गरी सकेकाले एकले अर्कोलाई भोट हाले सरह भएको टिप्पणी गरे ।
‘अहिले निर्वाचन चिन्हलाई लिएर आग्रह पूर्वाग्रह हुने गरेको सुनेको छु । हँसिया हथौडाले रुखलाई कसरी भाट हाल्ने ? रुखले हँसिया हथौडालाई कसरी भोट हाल्ने ? या रुखले कलमलाई कसरी भोट हाल्ने ? कलमले रुखलाई कसरी भोट हाल्ने भन्ने जस्ता प्रश्न यदाकदा सुनिन्छ’ प्रचण्डले भने, ‘मैले के कुरामा ध्यानाकषर्ण गराउन चाहन्छु भने हामीले धेरै पहिलेदेखि हँसिया हथौडा र रुखलाई एक बनाइसकेका हौं ।
२०४६ सालको आन्दोलनमा कांग्रेस र कम्युनिस्ट पार्टीको झण्डालाई साची राखेर आन्दोलनको आधि हुरी चलायौँ । त्यति बेलादेखि नै हँसिया हथौडा र रुख एक ठाउँमा भएका हौं ।’ शान्ति सम्झौता गर्नेक्रममा समेत हँसिया हथौडा र रुख एक ठाउँमा आएर सहकार्य गरेर भोट हाले सरह भइसकेको प्रचण्डले बताए ।
‘जति बेला हामीले शान्ति सम्झौता गरियौँ । सात राजनीतिक दलका तर्फबाट तत्कालीन कांग्रेस सभापति गिरिराजप्रसाद कोइराला विद्रोहीको तर्फबाट माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेपछि मैले रुख चिन्हमा छाप लगाए बराबर हो । गिरिराज प्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाए जस्तै हो’ प्रचण्डले भने । कांग्रेस र कम्युनिस्टले एकले अर्कालाई भोट हाल्न आनाकानी गर्न थालेपछि प्रचण्डले गठबन्धनको भोट एक ठाउँमा पार्न पहिलै भोट हालिसकेको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण