सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ प्रतिनिधिसभातर्फ समानुपातिक मतपत्रको वास्तविक नमुना

आइतबार, ३० असोज २०७९, १४ : ३७
आइतबार, ३० असोज २०७९

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीको वास्तविक नमुना मतपत्र सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि आयोगमा दर्ता रहेका सबै राजनीतिक दलहरूको निर्वाचन चिह्न समेटेर आयोगले वास्तविक नमुना मतपत्र सार्वजनिक गरेको हो।  सोहीअनुसार जिल्लाहरुमा मतपत्र छपाइ भएर जाने आयोगले जनाएको छ । 

मतपत्रको पहिलो लहरको पहिलो नम्बरमा एमालेको सूर्य चिह्न रहेको छ भने त्यसपछि कांग्रेसको रुख र तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा रहेको छ । यस्तै चौथोमा जसपाको छाता तथा पाँचौमा राप्रपाको हलो रहेको छ । संघमा समानुपातिकतर्फ ११ जना निर्वाचित हुने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप