यस्तो छ प्रतिनिधिसभातर्फ समानुपातिक मतपत्रको वास्तविक नमुना
आइतबार, ३० असोज २०७९, १४ : ३७
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीको वास्तविक नमुना मतपत्र सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि आयोगमा दर्ता रहेका सबै राजनीतिक दलहरूको निर्वाचन चिह्न समेटेर आयोगले वास्तविक नमुना मतपत्र सार्वजनिक गरेको हो। सोहीअनुसार जिल्लाहरुमा मतपत्र छपाइ भएर जाने आयोगले जनाएको छ ।
मतपत्रको पहिलो लहरको पहिलो नम्बरमा एमालेको सूर्य चिह्न रहेको छ भने त्यसपछि कांग्रेसको रुख र तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा रहेको छ । यस्तै चौथोमा जसपाको छाता तथा पाँचौमा राप्रपाको हलो रहेको छ । संघमा समानुपातिकतर्फ ११ जना निर्वाचित हुने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण