संविधानको रक्षा,स्थिरता र समृद्धिका लागि अपिल जारी गर्दैछौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका तर्फबाट अपिल जारी गर्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषण कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिगमनका विरुद्ध अपिल जारी गरिने बताए ।
‘हामी गठबन्धनकै चरणमा अपिल पारित गर्दै छौँ । आमजनताको नाममा गठबन्धनको तर्फबाट त्यसको मुख्य नारा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हुने छ’ प्रचण्डले भने, ‘विकास निर्माण समृद्धि मुख्य एजेण्डा हुने छ । आर्थिक विकासको अभियानलाई द्रुत गतिमा अगाडि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई दिगो बनाउन सक्दैनौं । देशको अस्थिरता र अराजकताको भुमरीमा फस्ने खतरा रहने छ ।’
प्रतिगमनका विरुद्ध लड्दै गर्दा गठबन्धन गर्ने चरणको अवस्थासम्म पुगेको प्रचण्डले बताए । ‘स्थानीय तहको चुनाव सकेर अब प्रदेश र संघको चुनावको चरणमा आइपुगेका छौँ। धेरै उतारचढाव र घुम्ती मोडहरू पार गरेका छौँ’ उनले भने, ‘देशमा राजनीतिक परिवर्तन हुने भएपछि दिगो नहुने भइरहेको छ । ०७ साल, ०१७ साल, ०४६ सालको कुरा गरौं र अहिलेको अवस्थामा पनि त्यहीँ दोहोरिएको छ । अब राजनीतिक स्थिरताका लागि यो गठबन्धन बलियो बनाउनु पर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा