संविधानको रक्षा,स्थिरता र समृद्धिका लागि अपिल जारी गर्दैछौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका तर्फबाट अपिल जारी गर्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषण कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिगमनका विरुद्ध अपिल जारी गरिने बताए ।
‘हामी गठबन्धनकै चरणमा अपिल पारित गर्दै छौँ । आमजनताको नाममा गठबन्धनको तर्फबाट त्यसको मुख्य नारा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हुने छ’ प्रचण्डले भने, ‘विकास निर्माण समृद्धि मुख्य एजेण्डा हुने छ । आर्थिक विकासको अभियानलाई द्रुत गतिमा अगाडि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई दिगो बनाउन सक्दैनौं । देशको अस्थिरता र अराजकताको भुमरीमा फस्ने खतरा रहने छ ।’
प्रतिगमनका विरुद्ध लड्दै गर्दा गठबन्धन गर्ने चरणको अवस्थासम्म पुगेको प्रचण्डले बताए । ‘स्थानीय तहको चुनाव सकेर अब प्रदेश र संघको चुनावको चरणमा आइपुगेका छौँ। धेरै उतारचढाव र घुम्ती मोडहरू पार गरेका छौँ’ उनले भने, ‘देशमा राजनीतिक परिवर्तन हुने भएपछि दिगो नहुने भइरहेको छ । ०७ साल, ०१७ साल, ०४६ सालको कुरा गरौं र अहिलेको अवस्थामा पनि त्यहीँ दोहोरिएको छ । अब राजनीतिक स्थिरताका लागि यो गठबन्धन बलियो बनाउनु पर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण