रातोपाटी ब्रिफिङ : पहिलो महिला मुख्यमन्त्रीको सत्ता यात्रामा पूर्णविराम, एकीकृत समाजवादीको एमाले मोडल
आज २०७८ कार्तिक १० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं । आजको प्रमुख समाचार न्यायालयमा देखिएको विवाद नै रह्यो । यसका साथै बागमतीमा सत्ता हेरफेर, ईपीएस खुलालगायत आजका प्रमुख समाचार रहे ।
१. बागमतीमा ७१ दिनमा ढल्यो एमाले सरकार
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार गठन भएको ७१ दिनमा ढल्न पुगेको छ । प्रदेशसभामा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै पार्टी विभाजनको क्षति कम गर्ने रणनीति अनुसार एमालेले डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यको नेतृत्वमा गठन गरेको थियो । तर एमालेको यो ‘फर्मुला’ले शाक्य नेतृत्वको सरकार जोगिन भने सकेन ।
राजीनामा घोषणा गरेकी मुख्यमन्त्री शाक्य भन्छिन्– संविधान विपरीत सत्तामा बसिनँ |
२. एमालेकै मोडलमा एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले एमालेकै मोडलमा विभिन्न आयोगहरू गठन गरेको छ । एकीकृत समाजवादीले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग गठन गरेको हो । तीनवटै आयोग ३५ सदस्यीय रहने सो पार्टीले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ ।
३. बागमतीमा ७१ दिनमा ढल्यो एमाले सरकार
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भनेर ओलीको गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।
४. कर्णालीका तीन मन्त्रीको पदावधि अब पाँच दिन मात्र बाँकी
कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि अब पाँच दिन मात्र बाँकी छ । गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका उनीहरू प्रदेशसभा सदस्य नरहेका कारण कार्तिक १५ देखि सरकारबाट बिदा हुनुपर्ने छ । नेकपा एमालेका तत्कालीन सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले ‘फ्लोर क्रस’ बापत कारबाही गरेको थियो । ज्वालाबाहेक तीन जना प्रदेश सरकारमा सहभागी छन् ।
५. दैनिक एक हजार श्रमिक विदेसिँदै
कोरोना महामारीका कारण शून्यमा झरेको वैदेशिक रोजगारी लयमा फर्कन थालेको छ । दसैँपछि वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको छ । वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कमल ज्ञवालीले वैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढिरहेको बताए । उनका अनुसार विदेशबाट नेपाली कामदारको माग बढ्न थालेपछि श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीका लागि उड्नेको संख्या बढ्न थालेको हो ।
यता बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जान पाएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया गएका हुन् । कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
६. विषय एकातिर माग अर्कोतिर
सर्वोच्च अदालतमा गतिरोध जारी रहँदा सबैभन्दा पहिले बोल्ने राजनीतिक पार्टी एमाले बनेको छ । अदालतमा विगत तीन दिनदेखि जारी गतिरोध र प्रधानन्यायाधीशको राजीनामा मागका सम्बन्धमा एमालेले आफ्नो मुख त खोलेको छ, तर विषयान्तर गरेर । यतिबेला सर्वोच्चकै अन्य न्यायाधीशहरू, पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका पदाधिकारी तथा सदस्यहरू, सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी तथा सदस्यहरू, वरिष्ठ अधिवक्ताहरूले उठाएको विषय प्रधानन्यायाधीशको राजीनामा मात्रै हो । प्रधानन्यायाधीशको राजीनामा किन मागियो भन्ने कुराको पछिल्लो घटना प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा आफ्नो भाग खोजे भन्ने विवादबाट सुरु भएको हो । कुनै अमुक फैसलालाई लिएर प्रधान न्यायाधीशको राजीनामा माग भएको होइन ।
७. सिंहदरबारमा गोली चल्यो
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार गठन भएको ७१ दिनमा ढल्न पुगेको छ । प्रदेशसभामा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै पार्टी विभाजनको क्षति कम गर्ने रणनीति अनुसार एमालेले डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यको नेतृत्वमा गठन गरेको थियो । तर एमालेको यो ‘फर्मुला’ले शाक्य नेतृत्वको सरकार जोगिन भने सकेन ।
८. मंसिरदेखि विद्युतको नयाँ महशुल दर लागू
आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने जानकारी दिएको हो । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावमाथि छलफल गरेर आयोगले मंसिरदेखि लागू हुने गरी नयाँ विद्युत महसुल दर लागू गरेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताए ।
९. नेप्सेमा दोहोरो अंकको वृद्धि
बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको हो । गत मंगलबार यस्तो सूचक ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा अडिएको थियो ।
१०. ६७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २३२८ जनामा भएको परीक्षणमा जम्मा ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने
-
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
-
‘फुटबल मैदानका लागि काठमाडौँमा जग्गा भेटिएन’
-
डार्क सर्कल किन हुन्छ ?
-
बहिनीले लगाएको शारीरिक शोषणको आरोप ओपनएआईका हाकिमद्वारा अस्वीकार
-
६ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोड बराबरको कारोबार