बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२० महिनापछि कोरिया उड्न पाउँदाको खुसी, तस्बिरहरु हेर्नुहाेस्

पर्खाइमा रहेका १० हजारमध्ये ४८ श्रमिक कोरिया उडे
बुधबार, १० कात्तिक २०७८, १६ : ४३
बुधबार, १० कात्तिक २०७८

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जान पाएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया गएका हुन् ।  कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ  । 

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए। कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ । दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप