नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ६१ करोडको कारोबार
बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको हो । गत मंगलबार यस्तो सूचक ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा अडिएको थियो ।
नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.४९ अंकले बढेर ५१६.५६ विन्दुमा पुगेको छ । यस दिन बैंकिङ, ट्रेडिङ, फाइनान्स, जीवन÷निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड लगायतका समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् भने, यता होटल तथा पर्यटन, विकास बैंक र हाइड्रोपावर कम्पनीको सूचक नेगेटिभ भएको छ ।
यस दिन बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरु सबै भन्दा बढी अधिकतम ८.६८ प्रतिशतले कमाएका छन् भने एभरेष्ट बैंक लिमिटेडका सेयरधनीहरूले आज सबैभन्दा बढी ५.२४ प्रतिशत गुमाएका छन् ।
१८ अंकले बढेको बजारमा आज ६ अर्ब ६१ करोड २६ लाखको कारोबार भएको छ । गत मंगलबार अधिकतम ७८.८२ अंकले बढेको बजारमा आज ६ अर्ब ३१ करोड ८३ लाखको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण