मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ६१ करोडको कारोबार

बुधबार, १० कात्तिक २०७८, १६ : ०५
बुधबार, १० कात्तिक २०७८

बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको हो । गत मंगलबार यस्तो सूचक ७८.८२ अंकले बढेर  २७५१.०७ विन्दुमा अडिएको थियो । 

नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.४९ अंकले बढेर ५१६.५६ विन्दुमा पुगेको छ । यस दिन बैंकिङ, ट्रेडिङ, फाइनान्स, जीवन÷निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड लगायतका समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् भने, यता होटल तथा पर्यटन, विकास बैंक र हाइड्रोपावर कम्पनीको सूचक नेगेटिभ भएको छ । 

यस दिन बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरु सबै भन्दा बढी अधिकतम ८.६८ प्रतिशतले कमाएका छन् भने एभरेष्ट बैंक लिमिटेडका सेयरधनीहरूले आज सबैभन्दा बढी ५.२४ प्रतिशत गुमाएका छन् ।
१८ अंकले बढेको बजारमा आज ६ अर्ब ६१ करोड २६ लाखको कारोबार भएको छ । गत मंगलबार अधिकतम ७८.८२ अंकले बढेको बजारमा आज ६ अर्ब ३१ करोड ८३ लाखको कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप