मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख समक्ष बुझाइन् राजीनामा
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि संविधानतः ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता अनुरुप मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेकी थिइन् । सो प्रस्तावमाथि छलफल भइ मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा राजीनामा घोषणा गरेकी हुन् ।
योसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबीच यसअघि नै नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिने सहमति भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण