मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख समक्ष बुझाइन् राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि संविधानतः ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता अनुरुप मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेकी थिइन् । सो प्रस्तावमाथि छलफल भइ मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा राजीनामा घोषणा गरेकी हुन् ।
योसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबीच यसअघि नै नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिने सहमति भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?