कोरोना भाइरस : थप ६७२ मा संक्रमण पुष्टि, ८ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २३२८ जनामा भएको परीक्षणमा जम्मा ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा ४९५ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ४३ लाख ९६ हजार ३४ नमुना परीक्षण भएका छन् । त्यसमध्ये ८ लाख १० हजार ८८० जनामा पोजेटिभ देखिएको छ । त्यस्तै ६ लाख ५१ हजार २४९ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर दुबै विधिको गरी हालसम्म ५० लाख ५४ हजार ९८३ जनामा परीक्षण गर्दा ९ लाख ५ हजार १८५ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ७ लाख ८९ हजार १२५ जना निको भइसकेका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३८० जना पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण