शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरस : थप ६७२ मा संक्रमण पुष्टि, ८ को मृत्यु

बुधबार, १० कात्तिक २०७८, १६ : ४२
बुधबार, १० कात्तिक २०७८

पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २३२८ जनामा भएको परीक्षणमा जम्मा ६७२ जनामा संक्रमण पुष्टि भएको हो । 
यस्तै सोही अवधिमा ४९५ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ४३ लाख ९६ हजार ३४ नमुना परीक्षण भएका छन् । त्यसमध्ये ८ लाख १० हजार ८८० जनामा पोजेटिभ देखिएको छ ।  त्यस्तै ६ लाख ५१ हजार २४९ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर दुबै विधिको गरी हालसम्म ५० लाख ५४ हजार ९८३ जनामा परीक्षण गर्दा ९ लाख ५ हजार १८५ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये ७ लाख ८९ हजार १२५ जना निको भइसकेका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३८० जना पुगेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप