अदालतबारे जथाभावी नबोल्न ओलीलाई देउवाको चेतावनी
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भनेर ओलीको गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।
काँग्रेसको युवा संगठन नेपाल तरुण दलको स्थापना दिवसमा बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले भने ‘परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’ परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरूले गरेको प्रधानमन्त्री देउवाको दाबी छ । साथै देउवाले अदालतबारे जथाभावी नबोल्न ओलीलाई चेतावनी समेत दिएका छन् ।
एमालेको नगर अधिवेशनलाई सम्बोधन गर्दै मंगलबार ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका थिए । ओलीले जेठ ६ गते दोस्रो पटक संसद विघटन गरेपछि सर्वोच्च अदालतले असार २८ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
परमादेश जारी गर्ने पाँचजना न्यायाधीशमाथि ओलीले प्रश्न उठाएपछि प्रधानमन्त्री देउवा बचाउमाा उत्रिएका हुन् । मंगलबार काँग्रेस शीर्ष नेताको बैठकमा पनि प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बचाउ गर्ने नीति अख्तियार गरेका थिए ।
न्यायालयमा उठेको सवालका सन्दर्भमा सत्तारुढ गठबन्धनमा छलफल हुने देउवाको भनाइ छ । ‘५ पार्टीको गठबन्धन सरकार छ । न्यायालय सम्बन्धमा उठेका जे सवालहरूमा सरसल्लाह, छलफल गर्नेछौं,’ उनले भने ।
प्रधानमन्त्री देउवाले चर्को विरोधपछि उद्योगमन्त्रीबाट राजीनामा दिएका गजेन्द्र हमलाको पनि बचाउ गरेका छन् ।
‘गजेन्द्र हमाल हाम्रो पार्टीको मान्छे हो । बिचरा, बस्न नसक्ने भएपछि राजीनामा दिनुभयो । यो कुरा सिद्धिइसकेको थियो, तर कुरा उठाएको उठाएकै छन्,’ देउवाले भने । प्रधानमन्त्री देउवाले अदालतमा देखिएको विवाद अदालतले नै समाधान गर्ने बताए । ‘अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण