सिंहदरबारमा राष्ट्रियसभा उपाध्यक्षका पीएसओको पेस्तोलबाट गोली चल्यो
बुधबार, १० कात्तिक २०७८, १७ : ५६

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको छ। बुधबार सिंहदरबारमा दाहालका पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किन पुगेको हो ।
महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा दाहालका पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा एकाएक गोली निस्केर पड्किन पुगेको थियो ।
पेस्तोलबाट गोली चलेपनि भित्तामा लागेकाले कुनै मानवीय क्षति भने भएन । प्रहरीले मानवीय त्रुटिका कारण यसरी गोली चल्न पुगेपनि संयोगवश कुनै क्षति भने नभएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'आउटलः दफा २१९’लाई पीजी सर्टिफिकेट, देशभर बुकिङ खुल्यो
-
तोडिएला त आईपीएलको इतिहासमा क्रिस गेलको नामसँग जोडिएका यी तीन गजबका कीर्तिमान ?
-
टिपर अनलोड गर्दा काठमाडौँमा करेन्ट लागेर सहचालकको मृत्यु
-
‘७ महिनासम्म मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नगर्ने सरकारले सुशासनको कुरा गर्न सुहाउँदैन’
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
वीरगन्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक