शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आइतबार, ०३ पुस २०७९, २१ : ४३
आइतबार, ०३ पुस २०७९

 आज २०७९ पुस ३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान, आफ्नै नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले पहल गर्ने, समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण, अध्यादेशमा राष्ट्रपतिको अलमल, चोलेन्द्र प्रकरणमा संसद सचिवालयका महासचिवले पठाए लिखित जवाफ, वैदेशिक रोजगारीका क्रममा तीन वर्षमा ४१० जना नेपाली बेपत्ता, रवि लामिछानेको नागरिकता विवादबारे दुतावासको जवाफ कुर्दै प्रहरी, सांसदहरुको शपथपछि मात्र माओवादीले संसदीय दलको नेता छान्ने लगायत छन् ।

१. राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार एक साताको समयावधि तोकेर उनले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउने गरी सरकार गठनका लागि आह्वान गरेकी हुन् ।​

 

​२. आफ्नै नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले पहल गर्ने
प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलका रुपमा स्थापित भएको नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने निर्णय गरेको हो ।​

 

​३. समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगत निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगको कार्यालयमा आयोजित कार्यक्रमबीच समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

४. अध्यादेशमा राष्ट्रपतिको अलमल
मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश विवादमा परेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश जारी गर्न अलमल गरेकी छन् । मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीसमक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो । सो लगत्तै राष्ट्रपति कार्यालय पुगेको अध्यादेशबारे सरोकारवालाहरुबीच मतभेद र विरोध भएपछि सरकारले सिफारिस गरेको साता दिन बित्दा पनि राष्ट्रपतिले अघि बढाउन नचाहेकी हुन् ।​

​५. चोलेन्द्र प्रकरणमा संसद सचिवालयका महासचिवले पठाए लिखित जवाफ
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पेस गरेका छन् । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र लेखेपछि सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले गौतमविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । सर्वोच्च अदालतले लिखित जवाफ माग गरे पछि गौतमले महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ बुझाएका हुन् ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप